close

एक वर्षमै बिक्यो टेस्लाको १० लाख कार, अर्को वर्ष झन् बढ्ने

टेकपाना टेकपाना

पुस १९, २०७८ १४:१५

एक वर्षमै बिक्यो टेस्लाको १० लाख कार, अर्को वर्ष झन् बढ्ने

काठमाडौं । संसारकै धनाढ्य एलन मस्कको विद्युतीय सवारी निर्मता कम्पनी टेस्लाले सन् २०२१ मा करिब १० लाख कार बिक्री गरेको छ । आइतबार टेस्लाले सरकारी निकायलाई बुझाएको प्रतिवेदनमा २०२१ मा नौ लाख ३६ हजार कार बिक्री भएको उल्लेख छ ।

कारमा प्रयोग हुने कम्प्युटर चिपको अभावका बावजुद पनि टेस्लाले सन् २०२० को तुलनामा ८७ प्रतिशत बढी कार बिक्री गरेको हो । वर्षको अन्तिम चार महिनामा मात्रै तीन लाख ८ हजार ६०० वटा टेस्ला कार बिक्री भएको प्रतिवेदनमा उल्लेख छ ।

बिक्री भएकामध्ये ‘मोडल ३’ र ‘मोडल वाई’ को संख्या नौ लाख ११ हजार २०८ छ । यस्तै लक्जरी मानिने ‘मोडल एस’ र ‘एक्स’ २४ हजार ९६४ वटा बिक्री भएको छ ।

गत अक्टोबरमा मात्रै रेन्टल कम्पनी हर्जले एक लाख कार अर्डर गरेपछि सन् २०२२ मा बिक्री झन् बढ्ने विश्लेषण गरिएको छ । यी कार टेस्लाले यसैवर्ष डेलिभर गर्नेछ ।

कम्प्युटर चिपका अभावका बाबजुद पनि टेस्लाका कारहरु धेरै बिक्री हुनुमा कारमा प्रयोग हुने इलोक्ट्रोनिकल मेकानिज्म, अटो पाइलट, इन्जिन कन्ट्रोल, टच स्क्रिन लगायतका सुविधा रहेको बताइएको छ ।

टेस्लाले केही समयअघि आफ्नो मुख्यालय क्यालिफोर्नियाबाट टेक्सासको अस्टिन सहर सारेको छ । टेस्लाका यी उत्पादित अधिकांश कार युरोप र चिनियाँ बजारमा बिक्री भएको जनाइएको छ ।

कारको माग बढी हुँदै जाँदा टेस्लाले अमेरिकाको अस्टिन र जर्मनीको बर्लिनमा पनि फ्याक्ट्री खोलेको छ । टेस्लाका कारहरूमा सफ्टेवेयरहरु जडित छन्, जसका कारण यसको यात्रा सुरक्षित मानिन्छ ।

सुरक्षा मापदण्डको परीक्षणपछि टेस्लाले सफ्टवेयरहरु अपग्रेड गर्ने तयार गरिरहेको छ । कारभित्रै गेम खेल्न मिल्ने सुविधाका कारण तीव्र रुपमा गाडी कुदेको बेला दुर्घटना हुँदा यस्तो अवस्थामा चालकहरुलाई गेम खेल्न प्रतिबन्ध लगाउने किसिमले टेस्लाले सफ्टवेयर अपग्रेड गर्न लागेको छ ।

अमेरिकाको राष्ट्रिय हाइवे सुरक्षा कार्यालयले टेस्लाको अटोपाइलट सिस्टममा चासो देखाउँदै थप परिमार्जित गर्नुपर्ने बताउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२