close

नेपालमा कहिले आउला साओमी १२ ?

टेकपाना टेकपाना

पुस १९, २०७८ १५:५२

नेपालमा कहिले आउला साओमी १२ ?

काठमाडौं । साओमीले हालै चिनियाँ बजारमा नयाँ सिरिजको स्मार्टफोन साओमी १२ सार्वजनिक गरेको छ । यद्यपि विश्व बजारमा भने साओमी १२ सिरिजका स्मार्टफोनहरू पुग्न अझै बाँकी छ ।

यो विषयमा कम्पनीले पनि हालसम्म कुनै आधिकारिक घोषणा भने गरेको छैन । यद्यपि यो सिरिजका स्मार्टफोन फेब्रुअरी महिनाको अन्तिममा अथवा मार्च महिनाको पहिलो हप्तादेखि विश्वबजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो समयमा पनि साओमीको ‘मि ११ सिरिज’ २०२० को डिसेम्बरमा चिनियाँ बजारमा सार्वजनिक हुदाँ विश्वबजारमा २०२१ को फेब्रुअरी महिनामा उपलब्ध भएको थियो ।

यही कारण यो पटक पनि कम्पनीले दुई महिनाभित्र साओमी १२ सिरिज विस्तार हुनसक्ने छ । यस्तो भएमा यो फोन छिमेकी देश भारतमा सार्वजनिक भएको केही समयपछि नै नेपालमा आउने अनुमान गरिएको छ ।

साओमी १२ सिरिजमा तीन मोडल सार्वजनिक, कस्ता छन् फिचर ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२