close

आईएमएस सफ्टवेयर र मोको डिजिटल वालेटबीच सहकार्य

टेकपाना टेकपाना

पुस २०, २०७८ ११:५४

आईएमएस सफ्टवेयर र मोको डिजिटल वालेटबीच सहकार्य

काठमाडौं । मोको डिजिटल वालेटको सञ्चालक कम्पनी फोकस वान पेमेन्ट सोलुसन र आईएमएस सफ्टवेयरबीच एक सम्झौता भएको छ । सोमबार भएको सो समझदारीमा दुवै पक्षले मोको डिजिटल वालेटलाई आईएमएस सफ्टवेयरको कन्जुमर सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन् ।

योसँगै मोको डिजिटल वालेटका प्रयोगकर्ताले आईएमएस सफ्टवेयरद्वारा जेनेरेट (विकास) गरिएको डाइनामिक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

आईएमएस सफ्टवेयरले नेपालको एक मात्र सफ्टवेयर कम्पनी हो, जसले आफ्नो सफ्टवेयर सोलुसन्समा डिजिटल भुक्तानी प्लेटफर्महरू एकीकृत गरेको छ ।

यो समझदारीमा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणया राजभण्डारीले हस्ताक्षर गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२