close

सीजीनेट रिफर गर्दा १ महिनासम्म निःशुल्क इन्टरनेट पाइने

टेकपाना टेकपाना

पुस २०, २०७८ १७:४५

सीजीनेट रिफर गर्दा १ महिनासम्म निःशुल्क इन्टरनेट पाइने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सीजीनेटले पहिलो पटक रिफर अफर सञ्चालन गरेको छ । यसअन्तर्गत रिफर गर्ने र पाउने दुवैका लागि कम्पनीले एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा दिने भएको छ ।

कम्पनीले ल्याएको ‘स्प्रेड मोड गेट मोर’ अफरअन्तर्गत इन्टरनेट प्रयोगकर्ताले आफ्ना साथीभाइ वा आफन्तका लागि सीजीनेट रिफर गर्न सक्नेछन् ।

यो अफरमा प्रयोगकर्ताले तीन महिनाको इन्टरनेट सब्सक्राइब अथवा रिफर गर्दा १० दिनको, छ महिनाको सब्सक्राइब अथवा रिफर गर्दा २० दिनको र १२ महिनाको इन्टरनेट सब्सक्राइब अथवा रिफर गर्दा एक महिनाको इन्टरनेट निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

१२० एमबीपीएस र ५० एमबीपीएस दुवै इन्टरनेट प्याकेजमा यो अफर लागू हुनेछ । साथै इन्टरनेटको भुक्तानी ‘सीजीपे’ बाट गर्दा प्रयोगकर्ताले तीन प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५