close

भाइटल टेकको कारखानामा आगलागी, चिप बजारका लागि अर्को झड्का

टेकपाना टेकपाना

पुस २१, २०७८ ११:२४

भाइटल टेकको कारखानामा आगलागी, चिप बजारका लागि अर्को झड्का

काठमाडौं । भाइटल टेक्नोलोजीको आपूर्ति गर्ने कम्पनी एसएमएल होल्डिङको कारखानामा आगलानी भएको छ । जर्मनीको बर्लिनमा रहेको सो कारखानाबाट चिप निर्माता कम्पनीका लागि भाइटल टेक्नोलोजी आपूर्ति गरिन्छ ।

मंगलबार भएको आगलागीबाट हालसम्म कम्पनीलाई कति नोक्सान भयो भन्ने विषयमा यकिन जानकारी प्राप्त भएको छैन । तर, कारखानामा लागेको आगोलाई धेरैले कम्प्युटर चिप बजारका लागि अर्को झड्का भएको विश्लेषण गरेका छन् ।

त्यसैपनि विश्व बजारमा यतिबेला चिप अभाव ठूलो चुनौतीको रुपमा रहेको छ । महामारी, व्यापार युद्ध, खडेरी, हिमपातजस्ता विभिन्न कारण चिपमा ठूलो अभाव सिर्जना भइरहेको छ ।

यस्तोमा चिपमा प्रयोग हुने फोटालिथोग्राफी सिस्टमको प्रमुख स्रोत र एक्ट्रिम अल्ट्रा भ्वाइलेन्ट (ईयुभी) लिथोग्राफी मसिनको एकमात्र स्रोत भएको कम्पनीमा लागेको आगोले बजारमा अझ ठूलो संकट सिर्जना गर्ने बताइएको छ ।

कम्पनीले उत्पादन गर्ने यी डिभाइस एप्पल, आईबीएम, सामसङजस्ता ठूला कम्पनीले निर्माण गर्ने कम्प्युटर चिपमा प्रयोग हुँदै आएको छ । जसले सन् २०२१ को तेस्रो चौमासिकमा ५.२ अर्ब डलर बराबरको सामान बिक्री गरेको थियो ।

चिप बजारमा यति ठूलो हिस्सा ओगट्दै आएको कम्पनीको मुख्य कारखानामा आगलागी हुँदा यसलाई निकै ठूलो घटनाको रुपमा हेरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५