close

सीजीनेटले ल्यायो ‘स्प्रिड मोर, गेट मोर’ अफर

टेकपाना टेकपाना

पुस २१, २०७८ ११:४२

सीजीनेटले ल्यायो ‘स्प्रिड मोर, गेट मोर’ अफर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सीजीनेटले ‘स्प्रिड मोर, गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमबीपीएस वा ५० एमबीपीएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् ।

त्यस्तै अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा भने क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।

सीजीनेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि कम्पनीले प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित गरेको जानकारी दिए ।

सीजीनेटले अघिल्लो हप्ता नै काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफूहरु सक्षम रहेको जानकारी दिएको थियो ।

९९९ रुपैयाँमै १२० एमबीपीएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा कमाएको सीजीनेटले हाल ६४९ रुपैयाँमा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ ।

नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ । त्यस्तै सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप तीन प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५