close

सस्तोमा राम्रो स्मार्टफोन कसरी छान्ने ?

टेकपाना टेकपाना

पुस २१, २०७८ १८:१५

सस्तोमा राम्रो स्मार्टफोन कसरी छान्ने ?

काठमाडौं । एउटा सस्तो अनि राम्रो स्मार्टफोन छनौट गर्ने कुरा पक्कै पनि चुनौतिपूर्ण नै हुन्छ । किनभने राम्रो स्मार्टफोनको लागि पैसा र सस्तोको लागि गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था रहन्छ । यस विषयको चर्चा आधारभूत पक्षबाटै गरौँ ।

के तपाईंको रोजाइमा ठूलो स्क्रिन पर्छ ? हो भने ५.५ इन्च डिस्प्ले भएको फोन रोज्नुहोस् । तर यदि एउटा हातमा लिएर सहजै चलाउन सकिने किसिमको फोन रुचाउनु हुन्छ भने ५ इन्च वा त्यसभन्दा मुनीको स्क्रिन साइज हेर्नुहोस् ।

अब दोस्रोमा क्यामेराको कुरा गरौँ । साधारणतया सस्तो मूल्यका फोनहरूमा एउटा अथवा दुईओटा लेन्स दिइएको हुन्छ । तर यसमा विस्तारै परिवर्तन देखिँदैछ । मेगापिक्सेलको अङ्कले त्यति धेरै अर्थ राख्दैन, त्यसैले क्यामेराले केके गर्न सक्छ भन्ने विषयमा ध्यान दिनुहोस् ।

त्यसको साटो क्यामेराले अल्ट्रा-वाइड शट लिन सक्छ कि सक्दैन हेर्नुहोस्, जुन चाहिँ पछिल्लो समय बजारमा आउने सस्ता स्मार्टफोनको एउटा साझा विशेषता बन्न थालेको छ ।

तर ४० हजार रुपैयाँभन्दा मुनीका स्मार्टफोनमा अप्टिकल जुम र डिजिटल जुमको अपेक्षा भने नराख्दा हुन्छ । स्टोरेजको हिसाबले ३२ जीबी ठीकै हुन्छ । तर सस्तो मूल्यका स्मार्टफोनका लागि ६४ जीबी स्टोरेजमा जोड दिनुहोस् ।

यसबाहेक फोनमा स्टोरेज बढाउन माइक्रो एसडी कार्ड स्लट छ कि छैन भन्ने कुरा पनि हेर्नुहोस् ।

मूल्यको विषयलाई छोड्ने हो भने ब्याट्री कतिसम्म टिकाउ हुन्छ भन्ने कुरा मुख्य सरोकारको विषय हुन्छ । त्यसैले फोनको ब्याट्री क्षमता कति छ चेक गर्नुहोस् । सामान्यतयाः ४५०० एमएएच क्षमताभन्दा माथिको ब्याट्री भएको रुचाउने गरिन्छ । सँगसँगै फास्ट चार्जिङ सपोर्टलाई समेत आधार बनाउन सक्नुहुन्छ ।

त्यसो त यदाकदा अहिले ४० हजार रुपैयाँभन्दा मुनीका स्मार्टफोनमा समेत फाइभजी सपोर्ट हुने गर्छ । तर सस्ता फोनमा फाइभजीलाई ध्यान दिँदा अन्य फिचरहरूसँग सम्झौता गर्नुपर्छ । त्यसैले यसलाई मुख्य आधार नबनाएकै राम्रो हुन्छ ।

यद्यपि नयाँ वर्षमा सस्ता स्मार्टफोनमा फाइभजी मोडेम समावेश हुनेछन् । साथसाथै फोनले कुन कुन क्यारियर अर्थात् सेवाप्रदायकको नेटवर्कलाई सपोर्ट गर्छ वा गर्दैन भन्ने कुरा पनि ख्याल राख्नुहोस् ।

उदाहरणका लागि तपाईं नेपाल टेलिकमको सिम चलाउनुहुन्छ भने ८०० मेगाहर्ज फ्रिक्वेन्सी सपोर्ट नभएको अवस्थामा ग्रामीण क्षेत्रमा र सहरकै ठूला बिल्डिङ तथा लिफ्टमा हुँदा फोरजी नेटवर्कले काम नगर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५