close

टुटल/पठाओको प्रतिस्पर्धी सहाराले राइडरसँग कमिसन नलिने

टेकपाना टेकपाना

पुस २२, २०७८ १४:२६

टुटल/पठाओको प्रतिस्पर्धी सहाराले राइडरसँग कमिसन नलिने

काठमाडौं । राइडिङ सेवा सहाराले अब राइडरबाट कमिसन नलिने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारी कम्पनीले राइडरबाट कुनै पनि किसिमको कमिसन नलिने घोषणा गरेको हो ।

यो योजना ६ महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यसबाट राइडर पार्टनरले अतिरिक्त आम्दानी गर्नसक्ने र थप राइडर संख्या पनि बढ्ने कम्पनीको विश्वास छ ।

अहिले काठमाडौं उपत्यकामा बाइक र ट्याक्सीकाे राइडिङ सेवाका प्रयोगकर्ता बढिरहेका छन् । यस्तोमा टुटल, पठाओको प्रतिस्पर्धीका रूपमा हेरिएको सहाराले राइडरबाट कमिसन नलिने घोषणा गरेको हो ।

पछिल्लो समय सहाराले आक्रामक योजनासहित सेवा विस्तार गरिरहेको छ ।

हालै कम्पनीले यात्रु तथा राइडरका लागि बीमा सुविधासमेत सुरू गरेको छ । यसका लागि अजोड इन्योरेन्ससँग सम्झौता गरिएको छ ।

यात्रुहरुले गुगल प्ले तथा एप्पलको एप स्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिनसक्ने छन् भने चालकहरुले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५