close

प्रेमिका खोजिदिनु भन्दै युवकले बनाए वेबसाइट, टाँगे बोर्ड

टेकपाना टेकपाना

पुस २३, २०७८ ७:५७

प्रेमिका खोजिदिनु भन्दै युवकले बनाए वेबसाइट, टाँगे बोर्ड

काठमाडौं । मागी वा प्रेम, तपाईं कस्तो विवाहको पक्षमा हुनुहुन्छ ?

प्रेम विवाह गर्दा परिवार खुसी नहुने पो होकि ? अनि मागी विवाह गर्दा आफ्नो पार्टनरसँग खुसी नभइने पो हो कि ? यस्ता प्रश्न र खुल्दुली तपाईंहामी सबैको दिमागमा आउने गर्छ ।

हुन त सबै प्रेम विवाह सफल हुँदैनन् । अनि मागी विवाह गर्नेहरू पनि सबै खुसी त पक्कै हुँदैनन् । तर आजकल उमेर पुगेका युवायुवती परिवार आफैंले खोजेर गरिदिने मागी विवाहप्रति खासै आकर्षित छैनन् ।

आफैंले मन पराएर, बुझेर सम्बन्ध गाँसेकाे मान्छेसँग विवाह गर्ने सोच उनीहरुले पालेका छन् । यसका लागि विभिन्न सामाजिक सञ्जाल र डेटिङ्ग एपले उनीहरुको प्रेम जीवनलाई रंगीन बनाउन सहयोग गरिरहेका छन् ।

यसैबीच एक युवकले मागी विवाहबाट पर भाग्न अचम्मको कदम चालेका छन् । मोहम्मद मलिक नामका ती युवक अहिले लण्डन बस्दै आएका छन् ।

उनले मागी विवाहकाे विरूद्दमा अभियान नै चलाएका छन् । यसका लागि उनले ‘फाइन्ड मलिक अ वाइफ’ नामकाे वेबसाइट नै बनाएका छन् ।

वेबसाइटमाफर्फत उनले आफ्ना लागि श्रीमती खोज्न सहयोग मागेका छन् । साथै आफू को हो र कस्तो पार्टनर चाहेको हो भनेर पनि उनले खुलाएका छन् ।

बिहेका लागि वेबसाइटमार्फत इच्छुक युवतीले फर्म भर्नमिल्ने बनाइएकाे छ । परिवारले गरिदिन लागेको मागी विवाहबाट पर भाग्दै प्रेमिका खोजिदिन आग्रह गरेका मलिकले इङ्ग्ल्याण्ड बर्मिङ्घमा आफ्नो ठूलो फोटोसहित ‘सेभ मी फ्रम एन एरेन्ज्ड म्यारिज’ लेखेर ठूलो बिलबोर्ड डिस्प्लेमा राखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५