close

हालसम्मकै पातलो स्मार्ट डिस्प्ले ल्याउँदै सामसङ, हुनेछन् यी सुविधा

टेकपाना टेकपाना

पुस २३, २०७८ ९:१६

हालसम्मकै पातलो स्मार्ट डिस्प्ले ल्याउँदै सामसङ,  हुनेछन् यी सुविधा

काठमाडौं । सामसङले विश्वको सबैभन्दा पातलो स्मार्ट डिस्प्ले ‘एम८०८’ सार्वजनिक गर्ने भएको छ । सामसङले सार्वजनिक गर्ने तयारी गरिरहेको यो एम८०८ डिस्प्लेमा अल्ट्रा थिन अप्टिकल प्रविधि प्रयोग गरिएको छ । अल्ट्रा थिन हुनुको साथै यसमा न्यारो बेजेल्स स्क्रिन उपलब्ध गराइएको छ जसले यो डिस्प्लेमा आवश्यक नभएको एलिमेन्टसहरू हटाउन सकिने कम्पनीले बताएको छ । 

कम्पनीका अनुसार प्रयोग नभएको खण्डमा प्रयोगकर्ताले डिस्प्लेबाट क्यामेरा हटाउन सक्छन् । अन्य डिस्प्ले जस्तै यो डिस्प्ले पनि स्मार्ट चिप सहित आउने अनुमान गरिएको छ जसले भिडिओ कम्युनिकेसन‍, टिभी स्ट्रिमिङ, आईओटी लगायत गेमिङ अनुभवलाई थप राम्रो बनाउँछ । 

३२ इन्चको यो अल्ट्रा स्लिम मनिटरको डिस्प्ले ११.४ मिलिमिटर पातलो छ । यो मनिटरलाई डेस्कटपको रूपमा मात्र नभई टेलिभिजनको रूपमा पनि प्रयोग गर्न सकिने गरी इन-बिल्ट स्मार्ट टिभी लगायत अन्य एपहरू पनि उपलब्ध गराइएको छ ।  

त्यस्तै यसमा म्याग्नेटिक स्लिमफिट क्यामेरा प्रयोग गरिएको छ जसको आवश्यकता नभएको खण्डमा सहजै हटाउन सकिन्छ । गुगल डुओ जस्ता लोकप्रिय भिडिओ अल एप्लिकेशनहरू पनि यो मनिटरले सपोर्ट गर्छ । यसले प्रयोगकर्तालाई अ-इन-वान वर्कस्टेशनको अनुभव दिने कम्पनीको दाबी छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५