close

के हो उत्तर कोरियाले परीक्षण गरेको हाइपरसोनिक मिसाइल ?

टेकपाना टेकपाना

पुस २३, २०७८ १३:२३

के हो उत्तर कोरियाले परीक्षण गरेको हाइपरसोनिक मिसाइल ?

काठमाडौं । उत्तरी कोरियाले बुधबार हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ । विभिन्न मुलुकको नाकाबन्दीको सामाना गरिरहेको उत्तर कोरियाले हापरसोनिक मिसाइल प्रक्षेपण गरेपछि अन्य मुलुकहरुले विरोध गरिरहेका छन् । अमेरिका,रुस, चीन ,फ्रान्स र युके हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । उनीहरु पनि यो प्रविधिको प्रयोग गरेर मिसाइल निर्माण गर्ने तयारीमा छन् ।

हाइपरसोनिक मिसाइल अर्थात् आवाजभन्दा धेरै गुणा गति भएको । हाइपरसोनिक मिसाइलको गति यति छिटो हुन्छ कि यो हावामा आवाजको गतिभन्दा ५ गुणा बढीले ट्राभल गर्छ । हावामा आवाजको गति ३८३६एमपीएच हो ।

विश्वका शक्ति राष्ट्रहरुले यस्तो मिसाइल निर्माणलाई प्राथमिकतामा राखेका छन् ।

हाइपरसोनिक मिसाइलमा शक्तिराष्ट्रहरुको ध्यान जानुको मुख्य कारण भनेको अहिले विश्वमा विद्यमान मिसाइल डिफेन्स सिस्टम फिक्का हुनु हो । अहिले विश्वमा हाइपरसोनिक मिसाइललाई लक्षित गरेर मिसाइल डिफेन्स सिस्टम निर्माण भएको छैन ।

हाइपरोसोनिक मिसाइल हाइपरसोनिक क्रुज मिसाइल र ग्लाइड भेकलमार्फत दुई किसिमका निर्माण भइरहेका छन् ।

हाइपरसोनिक क्रुज मिसाइल भनेको जेट इन्जिनमार्फत उच्च गतिमा आफ्नो टार्गेटलाई आक्रमण गर्छ । यो नन ब्लास्टिक मिसाइल प्रणालीभित्र पर्छ ।
हाइपरसोनिक ग्लाइड मिसाइल भनेको पहिला मिसाइल आकाशमा लन्च गरेर हाइपरसोनिक गतिमा भुईंमा भएको टार्गेटलाई आक्रमण गर्छ ।

मिसाइलहरु सबसोनिक,सुपरसोनिक र हाइपरसोनिक छन् । सबसोनिक मिसाइलको गति आवाजकोभन्दा कम हुन्छ । यीनीहरु ७०५ एमपीचको गतिमा हुन्छन । सुपरसोनिक आवाजको गतिभन्दा केही बढी हुन्छन् । २३०० एमपीएचसम्मको गति हुन्छ । यिनीहरु माच १,२ र ३ सम्मको गतिमा हुन्छन् ।

हाइपरसोनिक मिसाइलले माच ५ गतिलाई नाघ्छ । यिनीहरुको गति ३८०० एमपीएचभन्दा बढी हुन्छ । उच्च गतिमा हुने भएकाले संसारमा भएका विद्यमान अन्य डिफेन्स प्रणालीले पनि छेक्न नसक्ने भएकाले अहिलेका शक्तिराष्ट्रहरु हाइपरसोनिक मिसाइल निर्माणमा ध्यान दिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५