close

गुगलको नियरबाई सेयर र फास्ट पेयर फिचर विन्डोज पीसीमा आउँदै

टेकपाना टेकपाना

पुस २३, २०७८ १३:१५

गुगलको नियरबाई सेयर र फास्ट पेयर फिचर विन्डोज पीसीमा आउँदै

काठमाडौं । ल्यापटप तथा कम्प्युटरका लागि गुगलको आफ्नै ‘क्रोम ओएस’ छ जुन प्रयोगकर्ताले त्यति रुचाएका छैनन् । एन्ड्रोइड प्रयोगकर्ताले पनि पीसीका लागि प्रभावकारी ओएसको रुपमा विन्डोजलाई नै लिने गरेका छन् ।

यस्तोमा गुगलको एन्ड्रोइडको बहु उपयोगी फिचर नियरबाई सेयर र फास्ट पेयरलाई विन्डोजलाई समेत उपलब्ध गराउने भएको छ । कम्पनीले यो वर्षको अन्त्यबाट एन्ड्रोइड प्रयोगकर्तालाई ब्लुटुथमार्फत विन्डोज पीसीमा कनेक्ट गरेर सहजै फाइल सेयर गर्न सक्ने बनाउने भएको हो ।

नियरबाई सेयर र फास्ट पेयर हाल एन्ड्रोइड र क्रोम ओएसमा मात्रै उपलब्ध छ । जसमार्फत ठूला फाइल पनि सहजै ट्रान्सफर गर्न सकिन्छ । यस्तोमा कम्पनीले विन्डोज ओएसमा समेत यसलाई कम्प्याटिबल बनाउन लागेको हो ।

कम्पनीले यो फिचर ठ्याक्कै कहिलेबाट लागू हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर, सन् २०२२ को अन्त्यसम्म भने यो फिचर उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५