close

लिंक्डइनमा आउँदै क्लबहाउसको फिचर

टेकपाना टेकपाना

पुस २३, २०७८ १५:४९

लिंक्डइनमा आउँदै क्लबहाउसको फिचर

काठमाडौं । माइक्रोसफ्टको सोसल मिडिया प्ल्याटर्फम लिंक्डइनले आफ्नो प्लेटफर्ममा क्लबहाउसको जस्तै ‘लाइभ अडियो रुम’ उपलब्ध गराउने भएको छ । गत मार्चदेखि यो फिचरमा काम गर्दै आएको कम्पनीले अब भने चाँडै प्रयोगकर्तामाझ उपलब्ध गराउने भएको हो ।

कोभिड–१९ को समयमा चर्चित बनेको क्लकहाउसलाई यसअघि पनि अन्य ठूला सामाजिक सञ्जालले पछ्याई सकेका छन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालले पछ्याएको अडियो रुम फिचर अब लिंक्डइनले समेत प्रयोगमा ल्याउने भएको हो । 

लिंक्डइन प्रयोगकर्तालाई अडियोमार्फत भर्चुअल राउण्ड टेवल, छलफल लगायतका विभिन्न कार्यक्रम आयोजना गर्न मद्दत पुर्‍याउने योजनाका साथ कम्पनीले यसको सुरुवात गर्न लागेकाे हो । कम्पनीका अनुसार यसमा ‘होस्ट’ ले कार्यक्रम सञ्चालन गर्न तथा अन्य सहभागीले आफ्नो राय दिन सक्नेछन् ।

विशेषगरी: क्रियटर कम्युनिटी (करियर डेभलपमेन्टमा काम गर्ने, त्यससँग सम्बन्धित कन्टेन्ट बनाउने) यसमा बढी सक्रिय हुने अनुमान कम्पनीको छ । कम्पनीका अनुसार विस्तारै यसमा भिडियो लाइभ रुम पनि समेटिने छ । जुन आउँदो जुलाई भित्र प्रयोगकर्तामाझ उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५