close

आलोचना खेपेपछि मोजिल्लाले अस्वीकार गर्ने भयो क्रिप्टोकरेन्सीमार्फत् आउने डोनेसन

टेकपाना टेकपाना

पुस २३, २०७८ २१:४१

आलोचना खेपेपछि मोजिल्लाले अस्वीकार गर्ने भयो क्रिप्टोकरेन्सीमार्फत् आउने डोनेसन

काठमाडौं । चर्को विरोध भएपछि मोजिल्ला फायरफक्सको निर्माणकर्ता कम्पनी मोजिल्लाले क्रिप्टोकरेन्सीमार्फत् डोनेसन अस्वीकार गर्ने निर्णय गरेको छ ।

कम्पनीले सन् २०१४ देखि नै  क्रिप्टोकरेन्सीमार्फत् आउने डोसेसन लिंदै आएको छ । तर, मोजिल्लाले दुई साता अघि डिसेम्बर ३१ मा ट्वीट गर्दै आफूले क्रिप्टोकरेन्सीमार्फत् हुने डोनेसन स्वीकार गर्ने स्मरण गराएको थियो ।

कम्पनीले यस्तो ट्वीट गरेसँगै मोजिल्लाको आलोचना सुरु भएको हो ।तर, कम्पनीमा संलग्न र पूर्व कर्मचारीहरूले समेत यो निर्णयको विरोध गरेपछि क्रिप्टोकरेन्सीमार्फत् हुने डोनेसन नलिने घोषणा गरेको हो ।

आफ्नो कम्पनीको आलोचना बढेपछि मोजिल्लाले पुन ट्वीट गर्दै आलोचनाहरुबारे सचेत रहेको जानकारी गराएको छ । क्रिप्टोकरेन्सीको लागि वातावरणीय क्षति पुर्‍याइएको भन्दै पछिल्लो समय क्रिप्टोकरेन्सीबारे धेरैले चासो व्यक्त गरिरहेका छन् ।

कतिपय स्थानमा क्रिप्टोकरेन्सी माइनिङको लागि नवीकरणीय ऊर्जा नभई कोइला र इन्धनसमेत प्रयोग भएको समाचार बाहिरिएको छ । यस्तो अभ्यासले वातावरणीय क्षति हुने भन्दै क्रिप्टोकरेन्सीको आलोचना भइरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५