काठमाडौं । बिटक्वाइनको मूल्य एक महिना यताकै न्यून बिन्दूमा पुगेको छ । गत साता मात्रै प्रतिक्वाइन ४७ हजार डलर रहेको यसको मूल्य अहिले घटेर ४२ हजार डलरम झरेको छ ।
यूरोपियन यूनियनको फेडरल रिजर्भको मिटिङको माइन्यूजट सार्वजनिक भए लगत्तै बिटक्वाइनसहित अन्य क्रिप्टोकरेन्सीको मूल्य घटेको हो । उक्त माइन्यूटमा बैंकहरुले व्याजदर बढाउन सक्ने उल्लेख गरिएको छ ।
काजकास्तानमा भएको पछिल्लो राजनीतिक उतारचढावका कारण पनि बिटक्वाइनको मूल्य घटेको विश्लेषण छ । विश्वमा माइनिङ हुने क्रिप्टोकरेन्सीको करिब २० प्रतिशत काजकिस्तानमा मात्रै हुने गरेको तथ्यांक छ ।