close

​टिकटकजस्तै फिचरको परीक्षण गर्दै ट्वीटर

टेकपाना टेकपाना

पुस २४, २०७८ ७:७

​टिकटकजस्तै फिचरको परीक्षण गर्दै ट्वीटर

काठमाडौं । माइक्रो सोसल साइट ट्वीटरले पनि टिकटकमा मात्रै रियाक्सन भिडियो राख्न मिल्ने गरी फिचरको परीक्षण गर्ने भएको छ । ट्वीट टेक नाम दिइएको यो फिचरबाट प्रयोगकर्ताले कुनै ट्वीट सहित रियाक्सन भिडियो सेयर गर्न सक्ने छन् ।

यो फिचरले अहिले जस्तो कोट ट्वीट र रिट्वीट मात्रै नभई ट्वीटमा आफ्नो रियाक्सनको भिडियो समेत समावेश गर्न सक्ने छन् ।

यसमा भिडियो मात्रै नभई फोटो समेत राख्न मिल्ने कम्पनीले जनाएको छ । यस्तै खालको फिचर भएको फ्लिटलाई कम्पनीलाई भर्खरै मात्र हटाएको छ । एक महिना अघि फ्लिट फिचर हटाएको कम्पनीले नयाँ फिचर ल्याउने तयारी गरेको हो ।

ट्वीट टेक फिचरमार्फत सेयर गरिएको फोटो र भिडियो मुख्य ट्वीटजस्तै टाइमलाइनमा देखिनेछ । यो फिचर टिकटकको जस्तै हुने अनुमान छ । टिकटकमा पनि अहिले आफ्नो वा अन्य भिडियोहरु सेयर गर्न मिल्ने सुविधा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५