close

विद्युतीय कार बजारमा प्रवेश गर्ने सोनीको घोषणा, सार्वजनिक गर्यो प्रोटोटाइप

टेकपाना टेकपाना

पुस २४, २०७८ ९:६

विद्युतीय कार बजारमा प्रवेश गर्ने सोनीको घोषणा, सार्वजनिक गर्यो प्रोटोटाइप

काठमाडौं । जापानी विद्युतीय कम्पनी सोनी ग्रुप कर्पले यो वर्षदेखि विद्युतीय सवारीको बजारमा प्रवेश गर्ने घोषणा गरेको छ । नयाँ पुस्ताको आवश्यकतालाई मध्यनजर गर्दै मनोरञ्जनको उत्पादनहरू उत्पादन गर्ने कम्पनीको रुपमा चर्चा कमाएको छ ।

सोनीले अब विद्युतीय गाडी पनि निर्माण गर्ने घोषणा गर्दै कम्पनीले आफ्नो नयाँ कम्पनी ‘सोनी मोबिलिटी इन्क’ को अमेरिकामा जारी सीईएस टेक्नोलोजी ट्रेड फेयरमा उद्घाटन गरेको छ । 

यो घोषणासँगै सोनीले भिजन-एस ०२ नामक एउटा कारको प्रोटोटाइप सार्वजनिक गरेको छ । कम्पनीले विद्युतीय कार बजारमा प्रवेश गर्ने घोषणा गरेसँगै जापानमा यसको सेयर उकालो लागेको छ । सोनी अहिले पनि मनोरञ्जन क्षेत्रमा विश्वको अग्रणी कम्पनी हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५