close

कस्तो होला फोल्डिङ स्क्रिनको भविष्य ?

टेकपाना टेकपाना

पुस २४, २०७८ १४:४८

कस्तो होला फोल्डिङ स्क्रिनको भविष्य ?

काठमाडौं । फोल्डिङ फोनको बजारको नेतृत्व सामसङले गरिरहेको छ । सुरुमा ग्यालेक्सी फोल्ड नामक पट्याउन मिल्ने फोन सार्वजनिक गरेको सामसङले असफलता हात पार्यो ।  

तर, पछिल्लो पटक बजारमा पठाइएको सामसङको ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्रीले राम्रो समीक्षा पाइरहेको छ । 

यो सफलताका कारण फोल्डिङ फोनलाई लिएर सामसङ उत्साहित बनेको छ । जसले प्रयोगकर्तालाई पनि भविष्यमा अझ सजिलो र राम्रो खालको फोल्डिङ फोन आउन सक्ने विश्वास पैदा गराएको छ । 

यो वर्ष भएको कम्ज्युमर इलेक्ट्रोनिक्स शो २०२२ मा सामसङले फोल्डिङ स्क्रिन र फोनको विषयमा आफूले गरेको तयारी प्रदर्शनमा राखेको थियो । उक्त अवसरमा सामसङले फोल्डेबल फोनसहित फोल्डेबल डिभाइसको विभिन्न प्रोटोटाइप सार्वजनिक गर्यो । 

यिनैमध्ये एक थियो फ्लेक्स एस नामक डिभाइस । यसलाई तीन चोटीसम्म पट्याउन मिल्छ । साथै, सामसङले प्रदर्शनीमा राखेको अर्को फ्लेक्स जी नामक डिभाइस भने पट्याएर खल्तीमा राख्न मिल्ने खालको छ । 

सामसङले अर्को १७ ईन्चको फोल्डेबल ल्यापटप पनि सार्वजनिक गरेको थियो । जुन ल्यापटप यो वर्ष बजारमा आउने अनुमान गरिएको छ ।

फोल्डेबल फोनको बजारको नेतृत्व गरिरहेको सामसङले सार्वजनिक गरेको आफ्नो पछिल्ला फोल्डेबल प्रविधिले फोल्डेबल डिभाइसको भविष्य अझै आशातीत रहेको देखाउँछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५