close

फेसबुकले हाम्रो के–के डेटा लिन्छ ?, कम्पनीले यसरी दिंदैछ जानकारी

टेकपाना टेकपाना

पुस २४, २०७८ १५:५९

फेसबुकले हाम्रो के–के डेटा लिन्छ ?, कम्पनीले यसरी दिंदैछ जानकारी

काठमाडौं । फेसबुकले हाम्रो के–के डेटा लिन्छ ? यो हामी सबैको लागि खुल्दुलीको विषय हो । साथै, हाम्रो डेटा लिएर फेसबुकले के गछ ? कस्तो कामको लागि प्रयोग गर्छ ? 

फेसबुकले मात्रै नभई अन्य सामाजिक सञ्जाल, वेबसाइट र एपले पनि हाम्रो के–के डेटा लिन्छ भन्ने जिज्ञासा हामी सबैमा छ । 
फेसबुकको मातृ कम्पनी मेटाले भने प्रयोगकर्तालाई यसबारे विस्तृत रूपमा थाहा दिने गरी नयाँ फिचर सुरु गर्ने भएको छ । उक्त फिचरले प्रयोगकर्ताबाट फेसबुकले के–के विवरण लिएको हुन्छ भन्ने विषयमा जानकारी दिनेछ । 

प्राइभेसी सेन्टर नामक यो फिचर अहिले डेस्कटपमा फेसबुक प्रयोग गर्ने सीमित प्रयोगकर्ताले उपयोग गर्न सक्छन् । तर, यो फिचर चाँडै नै सबै प्रयोगकर्तालाई उपलब्ध गराउने फेसबुकले आफ्नो ब्लगमार्फत जानकारी दिएको छ । प्राइभेसी सेन्टरमा प्रयोगकर्ताले आफ्नो कुन–कुन विवरण फेसबुकले लिएको छ र उक्त विवरण के प्रयोजनको लागि उपयोग भइरहेको छ भन्ने विवरण थाहा पाउन सक्नेछन् । 

साथै, आफूलाई दिन मन नलागेको विवरण प्रयोग नगर्न निर्देशन समेत दिन सक्नेछन् । 

प्रयोगकर्तालाई आफ्नो डेटा र गोपनीयताको विषयमा शिक्षित गराउन यस्तो कदम चालिएको फेसबुकले जनाएको छ । 

फेसबुक सहित सामाजिक सञ्जाल र ठुला प्रविधि कम्पनीले प्रयोगकर्ताको कुन–कुन विवरण लिन्छन् र के कामको लागि प्रयोग गर्छन् भन्ने विषय सधैँ विवादित रहँदै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५