close

सुन्न नसक्ने दिदीका लागि १७ वर्षे विद्यार्थीले बनाइन् एप

टेकपाना टेकपाना

पुस २४, २०७८ १८:५३

सुन्न नसक्ने दिदीका लागि १७ वर्षे विद्यार्थीले बनाइन् एप

काठमाडौं । धेरै उपचार गर्दा पनि आफ्नो २५ वर्षीय दिदीको कानको समस्या समाधान नभए पछि बहिनीले समाधान सहित एप बनाएकी छन्। मेक्सिकोको १७ वर्षीय इस्ट्रेला सलाजारले आफ्ना दिदी जस्तै कम सुन्ने व्यक्तिहरूले अन्य व्यक्तिहरूसँग कुरा गर्न सहज होस् भनेर एप निर्माण गरेकी हुन् ।

अनेक उपचार गर्दा पनि निको नभएको र आफ्नो दिदीले सांकेतिक भाषा पनि सिक्न नसक्ने बताइएपछि उनी आफैले आफ्नो दिदीको लागि कुरा गर्ने र बुझ्ने एप बनाएकी हुन् । गत वर्ष देखि उनले यो एप निर्माण गर्न सुरु गरेकी थिइन् ।

यौ एपले मेक्सिकन सांकेतिक भाषाका वक्ताहरू र कानको समस्या भएको प्रयोगकर्ताहरूलाई जोड्छ र सांकेतिक भाषा नभई आवाज वा अक्षरको प्रयोग गरि एक अर्कालाई कुरा गर्न सहज बनाउने जनाइएको छ ।

मेक्सिकोको तथ्याङक विभागका अनुसार मेक्सिकोमा करिब ४६ लाख मेक्सिकनहरू छन् जो कान सुन्दैनन् वा कम सुन्छन् । ‘ह्यान्ड्स विथ  भ्वाइस’ नामक आफ्नो एप निर्माण गर्नको लागि इस्ट्रेलाले करिब ९० जना दोभाषेको सहयोग लिएकी थिइन् ।

यो एप यही वर्ष सार्वजनिक हुने जनाइएको छ । यो एप उनले आफ्नै दिदीसँग परिक्षण गरिरहेकी छिन् र यो एपले आफ्नो दिदीलाई आफ्नो परिवारसँग कुरा गर्न सहज भएको उनले बताएकी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५