close

अमेरिकामा गुगलले स्मार्ट स्पिकर बेच्न नपाउने, यस्तो छ कारण

टेकपाना टेकपाना

पुस २४, २०७८ १७:५३

अमेरिकामा गुगलले स्मार्ट स्पिकर बेच्न नपाउने, यस्तो छ कारण

काठमाडौं । स्मार्ट स्पिकर निर्माता सानोसले गुगल विरुद्ध प्याटेन्ट राइटको मुद्दा जितेको छ । यसको अर्थ हो सानोसको प्याटेन्ट राइट हनन गरेर बनाइएको गुगलको स्मार्ट स्पिकर र अन्य स्मार्ट होम प्रविधिहरू अमेरिकामा बिक्री गर्न पाइने छैन ।

गुगलले आफ्नो स्पिकरको गुणस्तर परिवर्तन गर्नुपर्ने वा आफूलाई पैसा तिर्नुपर्ने भन्दै सानोसले अमेरिकी सरकारी निकायमा उजुरी गरेको थियो । अमेरिकाको इन्टरनेशनल ट्रेड कमिसनले गुगलको स्मार्ट स्पिकर प्रविधिमा सानोसको प्याटेन्ट प्रयोग भएको निष्कर्ष निकालेको हो ।

गुगलले भने अमेरिकी सरकारी निकायको निष्कर्षप्रति असन्तुष्ट भएको भन्दै थप प्रक्रिया अघि बढाउने बताएको छ । उक्त कमिसनले गुगलले सानोसको ५ वटा प्याटेन्ट राइट हनन गरेको ठहर गरेको छ । सानोसले दर्ता गरेको मल्टी रुम स्पिकर गुगलले आफ्नो स्मार्ट स्पिकरमा प्रयोग गरेको आरोप लागेको हो । यो प्रविधिले धेरै स्पिकरमा एकै पटक एउटै तरिकाले आवाज नियन्त्रण गर्न सकिन्छ ।

सानोसले बनाएको यो प्रविधिले सन् २००५ को कन्ज्युमर इलेकट्रोनिक्स शोमा इनोभेसन अवार्ड समेत जितेको थियो । योबाहेक, गुगलले होम अडियो सिस्टमको कन्ट्रोल फिचर, दुई वा त्यो भन्दा बढी स्पिकरको सिङ्क्रोनाइजेसन फिचर, भोलुम कन्ट्रोल फिचर, स्पिकरको स्टोरियो पेयरिङ फिचर पनि चोरी गरेको आरोप लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५