close

सिटिजन्स बैंकमा एटीएम कार्ड प्रयोग नगरी पैसा निकाल्ने सुविधा

टेकपाना टेकपाना

पुस २५, २०७८ ९:४३

सिटिजन्स बैंकमा एटीएम कार्ड प्रयोग नगरी पैसा निकाल्ने सुविधा

काठमाडौं । सिटिजन्स बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मसिनबाट रकम झिक्दै आएकोमा अब सिटिजन्स बैंकको कार्डलेस भुक्तानी सेवा सञ्चालनमा आएको हो ।

यसअन्तर्गत ग्राहकले कार्डको प्रयोग बिना नै एटीएम मसिनबाट रकम झिक्न सक्नेछन् ।

ग्राहकले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस ‘विदड्र’ अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ ।

बैंकको एटीएममा गई कार्डलेस ‘विदड्र’ अप्सनमा रोजी एसएमएसमा आएको कोड प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सकिने छ ।

यस प्रक्रियामा आएको कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५