ट्रेन्डिङ:
विद्युतीय सवारीसाधन चलाउँदै महानगरपालिका, यी व्यक्तिले पाउनेछन् निःशुल्क सेवा यसरी तयार भयो, नयाँ पुस्ताको ‘नेपाली पात्रो’ मोबाइल बजारमा सामसङको दबदबा, शीर्ष ५ बाट बाहिरियो ह्वावे एपबाट पैसा कमाउनेमा टिकटक सबैभन्दा अघि कनेक्ट आईपीएसबाट निःशूल्क रकम ट्रान्सफर गर्न सकिने ६ हजारमै इन्जिनियरिङको ‘इन्ट्रान्स’ तयारी कक्षा दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका आजसम्म तपाईँले कुन कुन मोबाइल एप चलाउनुभयो ? यस्तो छ थाहा पाउने सजिलो तरिका मेगा बैंकले ल्यायो किसान कार्ड, ५ लाखसम्म ऋण पाइने फोटोमा भएका अनावश्यक वस्तु हटाउने सजिलो तरिका
close

विद्युतीय सवारीसाधन चलाउँदै महानगरपालिका, यी व्यक्तिले पाउनेछन् निःशुल्क सेवा

टेकपाना टेकपाना

पुस २५, २०७८

विद्युतीय सवारीसाधन चलाउँदै महानगरपालिका, यी व्यक्तिले पाउनेछन् निःशुल्क सेवा

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।

‘ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ’, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, ‘स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो स्थानीय सरकार हुनेछ ।’

प्रारम्भिक चरणमा चारवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । आवश्यकताका आधारमा अरू छवटा विद्युतीय सवारीसाधन थप्ने महर्जनले जानकारी दिनुभयो ।

करिब एक महिनापछि महानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । उनका अनुसार अहिले ललितपुर क्षेत्रमा आउने अधिकांश पर्यटकको बसाइ आधा वा एक दिन मात्र हुने गरेको छ ।

विद्युतीय सवारीसाधन सञ्चालन गरी पर्यटकलाई निःशुल्क सेवा प्रदान गरिएपछि महानगरपालिकाले कम्तिमा पर्यटकलाई तीन दिनको प्याकेज बनाउने योजना बनाएको छ ।

त्यसपछि उक्त प्याकेजअन्तर्गत ललितपुरको पुल्चोक, पाटन दरबार क्षेत्र, लगनखेल, जावलाखेललगायतका क्षेत्रमा पर्यटकलाई विद्युतीय सवारीसाधनबाट निःशुल्क भ्रमण गराउने योजना महानगरपालिकाले बनाएको छ  ।

पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणबाट पाटन दरबार क्षेत्र, लगनखेल, कुपन्डोल सानेपा, धोबीघाट जावलाखेललगायतका रुटमा महानगरपालिकाले विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ । उक्त सवारीसाधन खरिद गर्न करिब तीन करोड रुपियाँ लागत लाग्ने अनुमान महानगरपालिकाले गरेकोे छ ।

साझाले महानगरको लोगो राखेर चलाउने महानगरले तोकेका व्यक्तिसँग शुल्क नलिने, साझाले बस सञ्चालन गर्दा बसको भाडाबाट नियमित रूपमा बस सञ्चालनको खर्च अपुग भए महानगरले थप बजेट प्रदान गर्नेछ ।

सेवा एक पटक सञ्चालन भएपछि त्यो दीर्घकालीन रूपमा सञ्चालन गर्न महानगरपालिकाले यस्तो नीति बनाएको महर्जनले बताए । –गोरखापत्र