ट्रेन्डिङ:
त्रिविको एमबीए आईटीमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने अनलाइन र नेटवकिर्ङ व्यवसायबाट ठगी गर्नेलाई कारबाही गर्दै सरकार अनुमति नलिई ड्रोन उडाउने चार जना पक्राउ फेसबुक पोस्टमा कसलाई कमेन्ट गर्न दिने वा नदिने यसरी गर्नुहोस् नियन्त्रण यस्तो थियो विश्वकै पहिलो सेल्फी क्यामेरा र सेल्फी क्यामेरा भएको फोन फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका प्रविधि प्रयोगसँगै बढ्दै मानिसहरूबीचको भौतिक दूरी, कमजोर बन्दै आत्मीय सम्बन्ध एलन मस्कको कम्पनी न्यूरोलिङ्कका अध्यक्षले दिए राजीनामा कारागारमा गुगल रिभ्यूको मजाकः ‘जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ’ ! ३४ करोड नतिर्दा लाइसेन्स खारेज भएका सुमार्गीले स्मार्ट टेलिकमलाई किन दिए ५२ करोड ?
close

त्रिविको एमबीए आईटीमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने

टेकपाना टेकपाना

पुस २५, २०७८

त्रिविको एमबीए आईटीमा भर्ना खुल्यो, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए आईटी (मास्टर अफ बिजनेश एनमिनिस्ट्रेसन ईन इन्फर्मेसन टेक्नोलोजी) का लागि भर्ना प्रक्रिया सुरू गरेको छ ।

त्रिवि स्कुल अफ म्यानेजमेन्टले आइतबार एक सूचना जारी गर्दै सन् २०२२ को स्प्रिङ सिजनका लागि एमबीए आईटीको भर्ना प्रक्रिया सुरु गरेको हो ।

सूचना प्रविधिको व्यवस्थापनका लागि व्यवसायिक सीप सिकाउने यो शैक्षिक कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको छ ।

ब्याचलर्स डिग्रीमा बीआईएम, बीसीए, बीएससी सीएसआईटी, बीसीआईएस, बीआईटी वा बीई कम्प्युटर पढी न्यूनतम सीजीपीए २.० वा ४५ प्रतिशत अंक ल्याएका विद्यार्थीले एमबीए आईटीका लागि आवेदन दिन सक्नेछन् ।

यो वेबसाइटमा गई इच्छुक विद्यार्थीले १० फेब्रुअरी (माघ २७) सम्म आवेदन दिन सकिने जनाइएकाे छ ।