ट्रेन्डिङ:
फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै पालिकामा दर्ता स्टेशन थप गरिँदै साओमीको दशैं अफर, स्मार्टफोन किन्दा इयरबडदेखि टेलिभिजनसम्म जित्ने अवसर फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका ईसेवाबाट गरिने सम्पूर्ण बैंक ट्रान्सफर निःशुल्क दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका फौजीको रेकर्ड, २४ घण्टामै १० लाखले गरे प्रि-रजिस्ट्रेशन ९ केजीसम्म तौल बोक्ने एलन मस्कको मानवरुपी रोबोट सार्वजनिक
close

राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै पालिकामा दर्ता स्टेशन थप गरिँदै

टेकपाना टेकपाना

पुस २५, २०७८

राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै पालिकामा दर्ता स्टेशन थप गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहमा दर्ता स्टेशन थप गर्ने तयारी भएको छ ।

हाल सेवा उपलब्ध गराइएका दर्ता स्टेशनमा सेवाग्राहीको भीड बढेको भन्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले लाइभ इनरोलमेन्ट हुने गरी इलाका प्रशासन कार्यालय र स्थानीय तहमा दर्ता स्टेशन थप गर्न लागेको हो ।

ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएसँगै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने सेवाग्राहीको संख्या बढेको छ । तर सबै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट (लाइभ इनरोलमेन्ट) गर्न सकिने भएपनि धेरैजसो सेवाग्राही काठमाडौंमै आउने गरेका छन् ।

काठमाडौंमा सेवाग्राहीको चाप नरोकिएपछि विभागले दर्ता स्टेशन थप्ने तयारी गरेको हो । विभागका निर्देशक सुवास ढकालले यी स्थानमा एक हप्ताभित्र दर्ता स्टेशन खोल्ने गरी तयारी भइरहेको जानकारी दिए ।

यसअघि काठमाडौं आउने सेवाग्राहीलाई लक्षित गर्दै विभागले तीन ठाउँमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सकिने व्यवस्था ल्याएको थियो ।

यसअन्तर्गत बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिचयपत्र बनाउन सक्नेछन् ।

त्यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् ।

प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीले नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्रका लागि फर्म बुझाउन सक्नेछन् ।

यी स्थानमा समेत सेवाग्राहीकाे चाप बढेपछि विभागले थप दर्ता स्टेशन सञ्चालनमा ल्याउने तयारी गरेकाे हो ।

निर्देशक ढकालका अनुसार राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ५२ लाखभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको छ । उनले डेढ महिनापछि राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीमा सूचीकृत भएका नागरिकलाई कार्ड वितरण गर्न सुरु गरिने जानकारीसमेत दिए ।