close

आफ्नै क्रिप्टोकरेन्सी बनाउँदै पेपाल

टेकपाना टेकपाना

पुस २५, २०७८ १८:४३

आफ्नै क्रिप्टोकरेन्सी बनाउँदै पेपाल

काठमाडौं । कारोबारका लागि क्रिप्टोकरेन्सीलाई मान्यता दिएसँगै अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी कम्पनी ‘पेपाल’ ले अहिले आफ्नै स्टेबलक्वाइन तयारी पारिरहेको छ ।

स्टबेलक्वाइन विद्यमान मुद्राको मूल्यमा आधारित हुने क्रिप्टोकरेन्सी हो । पेपालले अमेरिकी डलरको मूल्यमा आधारित आफ्नै क्रिप्टोकरेन्सी बनाउन लागेको हो ।

ब्लुम्बर्गमा प्रकाशित लेखअनुसार पेपालले सम्बन्धित नियामकहरूसँग नजिक रहेर यसका लागि काम गरिरहेको छ ।

यद्यपि बजारमा भने कहिलेदेखि लागू हुनेछ भन्ने विषयमा कम्पनीले केही खुलाएकाे छैन ।

ब्लुम्बर्गका अनुसार कम्पनीले आफ्नो क्रिप्टोकरेन्सीका लागि लोगो पनि छानिसकेको छ ।

पेपालले सन् २०२० देखि क्रिप्टोकरेन्सीमार्फत हुने कारोबारलाई मान्यता दिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५