ट्रेन्डिङ:
क्लबहाउस अब ब्राउजरबाट पनि चलाउन मिल्ने यसकारण चाहिन्छ डिजिटल हस्ताक्षर उत्कृष्ट ब्राण्ड बन्यो नेपाल टेलिकम, एनसेल जिम्मेवार दूरसञ्चार कम्पनी नेपाल टेलिकम अन्तर्गत दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन हुने वातावरणका लागि यसकारण हानिकार छ बिटक्वाइन माइनिङ अब हरेक टोल फ्री नम्बरमा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने आफ्नो छुट्टै डिजिटल वालेट सञ्चालनमा ल्याउँदै हाम्रो पात्रो, के होला नाम ? कोभिडबारे गलत सूचना त शेयर गर्दै हुनुहुन्न ? अब फेसबुकले दिनेछ यस्तो चेतावनी ‘यूकेको लाहुरे’को पछि लाग्दा फेसबुकमा यसरी ठगिइन महिला टेलिकमको पोस्टपेडमा धेरै पैसा काटियो ? यसो गर्नुहोस्
close

क्लबहाउस अब ब्राउजरबाट पनि चलाउन मिल्ने

टेकपाना टेकपाना

पुस २६, २०७८

क्लबहाउस अब ब्राउजरबाट पनि चलाउन मिल्ने

काठमाडौं । सामाजिक सञ्जाल क्लबहाउस अब ब्राउजरबाट पनि चलाउन सकिने भएको छ । सन् २०२० मा सार्वजनिक भएको क्लबहाउस आईओएस र एन्ड्रोइडका अतिरिक्त वेब भर्सनबाट पनि चलाउन सकिने भएको हो ।

हालै कम्पनीले प्लेटफर्ममा रजिस्टर नै नगरी सिधै वेब ब्राउजरबाट क्लबहाउस रुममा कनेक्ट हुन सकिने गरी नयाँ फिचर परीक्षण थालेको छ । यसको अर्थ तपाईं अब ब्राउजरमार्फत नै क्लबहाउसमा इन्टरयाक्सन (अन्तक्र्रिया) गर्न सक्षम हुनुहुनेछ ।

क्लबहाउसको मोबाइल संस्करणमा रुमको लिङ्क सिर्जना गर्न एउटा टुल हुनेछ, जुन अन्य प्रयोगकर्तालाई विभिन्न सामाजिक सञ्जाल वा ईमेलमार्फत अन्य प्रयोगकर्तालाई शेयर गर्न सकिन्छ ।

यस्तो लिङ्कमा क्लिक गरेपछि क्लबहाउस एप डाउनलोड र इन्स्टल नगरीकनै ब्राउजरबाट सिधै रुममा जोडिन सकिनेछ ।

यो फिचरबाट प्रयोगकर्ताले क्लबहाउसको प्लेटफर्ममा दर्ता नभइकनै रुममा ज्वाइन सक्छन् । तर रुमको लिंक पठाउन भने एप प्रयोगकर्ता नै हुनुपर्नेछ ।

अहिले यो फिचर अमेरिकाका सीमित क्लबहाउस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । अन्य बजारमा कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा भने कम्पनीले केही खुलाएको छैन ।

अडियो प्लेटफर्मको रुपमा निकै नै चर्चा कमाएको ‘क्लबहाउस’ अहिले सुस्ताएको छ । २०२० देखि सुरु भएको क्लबहाउसको प्रयोग २०२१ को सुरुवातसँगै तीव्र रुपमा वृद्धि भएको थियो ।

यो प्लेटफर्मले टेक्स्ट अथवा तस्वीरलाई भन्दा पनि अडियोलाई बढि प्राथमिकता दिएर अघि बढेको थियो । लकडाउनको समयमा धेरै मानिसबीच सम्पर्कमा बस्नका लागि अथवा कुनै विषयमा छलफल गर्न यो प्लेटफर्म एकदम चर्चित भएको थियो ।

यद्यपि पछिल्लाे समय क्लबहाउसको लोकप्रियता पनि घट्दै गएकाे छ । एकातिर क्लबहाउसले जस्तै अडियो प्लेटफर्म मेटा तथा ट्वीटर जस्ता प्रतिस्पर्धी कम्पनीहरूले पनि सुरु गरेका छन् भने अर्कोतिर क्लबहाउसको डाउनलोड संख्या पनि कम हुँदै गएको छ ।

यसैबीच प्रयोगकर्तालाई केही हदसम्म आकर्षित गर्न कम्पनीले ब्राउजरबाटै रूममा जोडिनसक्ने फिचर ल्याउन लागेको अनुमान गरिएको छ ।