close

यति एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

पुस २६, २०७८ १३:६

यति एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा ५० प्रतिशत छुट

काठमाडौं । राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यति एयरलाइन्सले यात्रुको सहज यात्राको लागि सम्झौता गरेका छन् ।

सम्झौताअनुसार यात्रुले यति एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै बाइक राइडमा २० प्रतिशत छुट पाउन सकिने भएकाे छ । पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालका अनुसार यो अफर आजैबाट लागू भएको छ ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यति एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएका हुन् ।

हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्ससँग सम्झौता गरिएको हमालले बताइन् ।

भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको उनले सुनाइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२