close

देशभर मोबाइल र इन्टरनेटको गुणस्तर मापन गर्दै प्राधिकरण

टेकपाना टेकपाना

पुस २६, २०७८ १४:५६

देशभर मोबाइल र इन्टरनेटको गुणस्तर मापन गर्दै प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर मोबाइल तथा इन्टरनेटको गुणस्तर मापन गर्ने भएको छ । पछिल्लो समय मोबाइल तथा डेटाको गुणस्तरका विषयलाई लिएर धेरै गुनासो आउन थालेको सन्दर्भमा प्राधिकरणले यो प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणले आइतबार परामर्शका लागि आशयपत्र माग गरेको छ । कूल १८ हजार किलोमिटर समेट्ने गरी प्राधिकरणले तीन प्याकेजमा यो परियोजना अघि बढाएको हो ।

जसमा पहिलो प्याकेजमा प्रदेश १ र २, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश तथा प्याकेज ३ मा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश समेटिन छन् ।

प्राधिकरणका अनुसार मोबाइल सेवा अन्तर्गत सबै सेवाप्रदायकको भ्वाइस, एसएमएस तथा डेटाको गुणस्तर ड्राइभ टेस्टका आधारमा मापन गरिने छ ।

जसमा परामर्शदाताले ग्रामीण तथा सहरी भेगका साथै राजमार्ग तथा सहायक राजमार्गमा समेत परिक्षण गर्नु पर्ने जनाइएको छ । त्यसका लागि कम्पनी आफैंले सिस्टम ल्याएर मोबाइल सेवाको गुणस्तर मापन गरी दूरसञ्चार प्राधिकरणलाई प्रतिवेदन बुझाउनुपर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२