close

क्रोमका करोडौं प्रयोगकर्तालाई गुगलको चेतावनी, साइबर आक्रमणबाट बच्न तत्काल अपडेट गर्न आग्रह

टेकपाना टेकपाना

पुस २६, २०७८ १५:३४

क्रोमका करोडौं प्रयोगकर्तालाई गुगलको चेतावनी, साइबर आक्रमणबाट बच्न तत्काल अपडेट गर्न आग्रह

काठमाडौं । सन् २०२१ मा उल्लेख्य संख्यामा साइबर हमला बढेपछि गुगलले क्रोम प्रयोगकर्तालाई २०२२ को सुरुवातमा नै चेतावनी दिएको छ ।

ब्लग पोस्ट सार्वजनिक गर्दै गुगलले २०२१ मा भएका साइबर हमलाहको लामो सूची दिएर ती सबै समस्या सम्बोधन भइसकेको जानकारी दिएको छ ।

कम्पनीले क्रोमको ९७ भर्जनसँगै आफ्नो सुरक्षा कमजोरीहरूको अपडेट गरेको पनि दाबी गरेकाे छ ।

सन् २०२१ मा गुगलले लिनक्स, म्याक र विण्डाेजको क्रोममा कूल ३७ वटा सुरक्षा कमजोरी पत्ता लगाएको थियो । जसमध्ये १० वटा उच्च जोखिमका कमजोरी थिए ।

यी सुरक्षा कमजोरीलाई सम्बोधन गरेपनि जोखिम अझै कायम रहेको कम्पनीको भनाइ छ ।

गुगलले आफ्नो क्रोम अपडेट भए/नभएको पत्ता लगाउन पनि आफ्ना प्रयोगकर्तालाई चेक गर्न आग्रह गरेको छ ।

आफ्नो क्रोम सुरक्षित रहेको वा नरहेको जाँच गर्न क्रोमको सेटिङमा गएर ‘हेल्प’ अप्सनमा क्लिक गरेर ‘अबाउट गुगल क्रोम’ भन्ने अप्सनमा क्लिक गर्नुहाेस् ।

यदि आफ्नो ब्राउजरको भर्सन ‘97.0.4692.71’ छ भने क्रोम सुरक्षित छ भनेर बुझ्दा हुने कम्पनीले बताएको छ ।          

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२