close

१० अर्ब पूरा भयो जिमेलको डाउनलोड, अरु कति छन् यो आँकडा पार गर्ने एप ?

टेकपाना टेकपाना

पुस २६, २०७८ २१:४१

१० अर्ब पूरा भयो जिमेलको डाउनलोड, अरु कति छन् यो आँकडा पार गर्ने एप ?

काठमाडौं । गुगलको ई-मेल सर्भिस जिमेल विश्वभर निकै लोकप्रिय छ । जसको एन्ड्रोइड एपले प्ले स्टोरमा १० अर्ब डाउनलोडको आँकडा पूरा गरेको छ । जिमले प्ले स्टोरमा १० अर्ब डाउनलोड पूरा गर्ने पहिलो एप भने होइन ।

तीन एपले यस अघि नै यो आँकडा पूरा गरिसकेका छन् । जसमा गुगल प्ले सर्भिस, युट्युब र गुगल म्याप्स रहेका छन् । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार जिमेल १० अर्ब डाउनलोड पूरा गर्ने चौथो एप बनेको छ ।

रोचक कुरा त के छ भने यी चारै एप गुगलकै हुन्, जसले एन्ड्रोइड स्मार्टफोनमा १० अर्ब डाउनलोडको आँकडा पार गरेका छन् । सामान्यतया व्यक्तिगत ई-मेलका लागि जिमेल प्रयोग हुने गरेको छ ।

यति मात्र होइन, एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नका लागि जिमेल आईडी अनिवार्य हुन्छ । अन्यथा तपाईंले गुगल प्ले स्टोरबाट कुनै एप डाउनलोड समेत गर्न सक्नुहुन्न । जिमेल एपमा कम्पनीले नियमित रुपमा अनेक परिवर्तन ल्याउँदै आएको छ ।

हालै मात्र कम्पनीले ईमेल पठाइसकेपछि पुनः फिर्ता ल्याउन सकिने फिचर समेत दिन सुरु गरेको छ । अनडु नामक यो फिचरको सहयोगमा तपाईंले ईमेल पठाइसकेको ३० सेकेन्डभित्र फिर्ता ल्याउन सक्नुहुन्छ । यस अघि यो सीमा पाँच सेकेन्डमा सीमित रहेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२