close

मेटाको मेटाभर्समा काम गर्न माइक्रोसफ्टका दर्जनौं कर्मचारीले छोडे जागिर

टेकपाना टेकपाना

पुस २७, २०७८ ११:६

मेटाको मेटाभर्समा काम गर्न माइक्रोसफ्टका दर्जनौं कर्मचारीले छोडे जागिर

काठमाडौं । मेटा (तत्कालीन फेसबुक) को मेटाभर्सको योजनाले माइक्रोसफ्टका थुप्रै कर्मचारीलाई आकर्षित गरेको छ । मेटा हाल आफ्नो नयाँ योजना मेटाभर्सका लागि काम गरिरहेको छ, जसका लागि कम्पनीले नयाँ कर्मचारीहरू माग पनि गरेको थियो ।

यसैबीच मेटाको यो मेटाभर्स योजनामा काम गर्नका लागि माइक्रोसफ्टका सयभन्दा बढी कर्मचारीले जागिर छोडेका छन् । गत वर्षमात्र माइक्रोसफ्टको अगमेन्टेड रियालिटी (एआर) विभाग अन्तर्गत काम गरिरहेका सयभन्दा बढी कर्मचारीले जागिर छोडेका छन् ।

जसमध्ये ४० जनाभन्दा बढी कर्मचारीले मेटामा काम गर्न सुरु पनि गरिसकेका छन् भने केही कर्मचारीले एप्पलमा पनि काम सुरु गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२