ट्रेन्डिङ:
नेपालमै पहिलो पटक क्लासिक टेकले ल्यायो १००० एमबीपीएस गतिको इन्टरनेट प्याकेज १८ वर्षीय ह्याकरको कब्जामा उबर ! जरिवानामा परेपछि कुकिजका लागि ‘रिजेक्ट अल अप्सन’ ल्याउँदै गुगल  नेपालमा साइबर हमला रोक्न सिस्टम बनाउँदै सरकार विद्युतीय कार निर्माणको तयारीमा एप्पल, भर्ना गर्‍यो टेस्लाका पूर्व कर्मचारी चिरायु राष्ट्रिय अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका अब ‘नमस्ते पे’ बाट जहाजको टिकट काट्न सकिने गर्भवती महिलाका लागि हानिकारक ५ ग्याजेट तपाईंले किनेको आईफोन साच्चिकै नयाँ हो त ?
close

नेपालमै पहिलो पटक क्लासिक टेकले ल्यायो १००० एमबीपीएस गतिको इन्टरनेट प्याकेज

टेकपाना टेकपाना

पुस २७, २०७८

नेपालमै पहिलो पटक क्लासिक टेकले ल्यायो १००० एमबीपीएस गतिको इन्टरनेट प्याकेज

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक एक हजार एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले यस अघि नै घोषणा गरिसकेको प्याकेज मङ्गलबार एक कार्यक्रमबीच बजारमा ल्याएको हो ।

यस अघि नेपालको सबैभन्दा उच्च गतिको इन्टरनेटको रुपमा वर्ल्डलिङ्कको ६०० एमबीपीएस गतिको प्याकेज रहेको थियो । उच्च गतिको इन्टरनेट प्याकेजलाई क्लासिक टेकले टायकनको नाममा ब्रान्डिङ गरेको छ ।

कम्पनीका अनुसार एक हजार एमबीपीएस गतिको इन्टरनेट प्याकेजमा तीन ओटा आईपीटिभी समेत राखिएको छ । जसका लागि वार्षिक मूल्य ४७ हजार ९८८ रुपैयाँ राखिएको छ ।

यसको अर्थ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई यो प्याकेजमा मासिक तीन हजार ९९९ रुपैयाँ पर्नेछ । प्याकेजमा इन्स्टलेसन, एफटीटीएच केबल र डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यद्यपि राउटरका लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्नेछ । साथै आईपीटिभी सेटटप बक्सका लागि समेत ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने उल्लेख छ । यस बाहेक कम्पनीले ६२५ एमबीपीएस, ३२५ एमबीपीएस, २२५ एमबीपीएस र १५० एमबीपीएस गतिका अन्य प्याकेजहरू पनि ल्याएको छ ।

जसमा वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले मासिक २४९९ रुपैयाँमा ६२५ एमबीपीएस, ३२५ एमबीपीएसका लागि १६४९ रुपैयाँ, २२५ एमबीपीएसका लागि १३९९ रुपैयाँ र १५० एमबीपीएसका लागि ११९९ रुपैयाँ मूल्य राखिएको छ । 

जसमा १५० एमबीपीएस गतिको इन्टरनेटमा एउटा आईपीटिभी र बाँकी २२५ एमबीपीएस र ३२५ एमबीपीएसमा दुई ओटा आईपीटिभी र ६२५ एमबीपीएस प्याकेजमा तीन ओटा आपीटिभी दिनेछ ।