ट्रेन्डिङ:
वर्ल्डलिङ्कको फ्रि हट्सपटमा खल्तीका ग्राहकलाई १०० जीबी इन्टरनेट वर्ष दिनमै इन्टरनेट खपत दोब्बर, कुन सेवा प्रदायकको कति ? साओमीको ६७ वाटको फास्ट चार्जर भोलि सार्वजनिक हुने खल्तीको चौंथो वार्षिकोत्सवको अवसरमा टिभीदेखि स्मार्टफोनसम्म जित्ने अवसर फेसबुकका अनावश्यक पोस्टबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् गुगल सर्चमा आफ्नो जानकारी आए अब थाहा पाउन सकिने लिपुलेक र लिम्पियाधुरामा स्याटेलाइटमार्फत जनगणना गर्ने तयारी तपाईंलाई मीठो निन्द्रामा लिन हुन अब गूगलले नै सघाउनेछ टेलिग्रामको भिडिओ कलमा अब एकैपटक हजार जनासम्म जोडिन सक्ने १२ वर्षको उमेरमा कम्प्युटर गेम बनाएका एलन मस्क यसरी बने संसारकै धनी व्यक्ति
close

वर्ल्डलिङ्कको फ्रि हट्सपटमा खल्तीका ग्राहकलाई १०० जीबी इन्टरनेट

टेकपाना टेकपाना

पुस २७, २०७८

वर्ल्डलिङ्कको फ्रि हट्सपटमा खल्तीका ग्राहकलाई १०० जीबी इन्टरनेट

काठमाडौं । अब खल्तीका प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि हट्सपटमा १०० जीबी इन्टरनेट प्राप्त गर्ने भएको छन् । वर्ल्डलिंकले फेसबुक एक्सप्रेस वाई-फाईको सहकार्यमा देशका १४ हजार स्थानमा निःशुल्क वाई-फाई उपलब्ध गराउँदै आएको छ ।

उक्त स्थानमा सामान्य ग्राहकले ५०० एमबी मात्रै निःशुल्क डेटा प्राप्त गर्छन् । यस्ताेमा खल्तीका ग्राहकको हकमा भने १०० जीबी इन्टरनेट उपलब्ध हुने खल्तीका सह-संस्थापक अमित अग्रवाल बताउँछन् ।

उनका अनुसार वर्ल्डलिंकले ल्याएको फेसबुक एक्सप्रेसलाई खल्तीमा इन्ट्रिगेसन गरेर यो सर्भिस उपलब्ध गराइएको हो । यो हुँदा ग्राहकले एक महिनासम्म १०० जीबी इन्टरनेटको मज्जा लिन पाउनेछन् ।

ग्राहकलाई नयाँ नयाँ इनोभेसनमार्फत जोड्ने योजनाका साथ यसको सुरुवात गरिएको हो । ‘हामी विगत पाँच वर्षसम्म बैंकमा जोडिने विषयमा धेरै केन्द्रित हुनुपर्‍यो, ‘अग्रवालले भने, ‘अब भने नयाँ इनोभेसन ग्राहकमाझ पस्किनु पर्नेछ । त्यसको सुरुवात फेसबुक एक्स्प्रेसबाट भएको छ ।’

विस्तारै यही सेवालाई पनि थप परिमार्जन गरेर ग्राहकलाई नयाँ नयाँ सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए । हाल उपलब्ध गराइएको यो सर्भिसका लागि भने वर्ल्डलिंकमा दर्ता भएको नम्बर र खल्तीमा दर्ता भएको नम्बर एकै हुनपर्ने जनाइएको छ ।