close

वनप्लस टेन प्रो सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

पुस २८, २०७८ ९:५०

वनप्लस टेन प्रो सार्वजनिक, यस्तो छ मूल्य र फिचर

 काठमाडौं । लामो समयको चर्चापछि वनप्लस टेन प्रो स्मार्टफोन सार्वजनिक भएको छ । पहिलो पटक चिनियाँ बजारमा सार्वजनिक भएको यो फोन वनप्लस नाइन प्रोको अपग्रेडेड भर्सन हो ।

यो फ्ल्यागशिप स्मार्टफोनमा ह्यासलब्लेडको क्यामेरा, सानो नच भएको क्यामेरा र इन-डिसस्प्ले (डिस्प्ले भित्रै) फिंगरप्रिन्ट सेन्सर राखिएको छ । यसका साथै नयाँ स्मार्टफोनमा एमोलेड स्क्रिन, ५० मेगापिक्सेलको क्यामेरा र ८० वाट फास्ट चार्जिङ सपोर्ट समेत दिइएको छ ।

वनप्लस टेन प्रो स्मार्टफोनमा ६.७ इन्चको टुके फ्लुइड एमोलेड एलटीपीओ २.० डिस्प्ले छ । जसको रिफ्रेश रेट १२० हर्ज रहेको छ । स्क्रिनको सुरक्षाका लागि फोनमा कर्निङ  गोरिल्ला ग्लास भिक्टसको प्रयोग गरिएको छ ।

यसमा एचडीआर टेन १० प्लसको सपोर्ट समेत रहेको छ । यस बाहेक फोनमा सुरक्षाका लागि फेस अनलक तथा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पाउन सकिनेछ ।

वनप्लस टेन प्रो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन एट जेन वान प्रोसेसर, एलपीडीडीआर फाइभ र्‍याम र यूएफएस ३.१ स्टोरेज दिइएको छ । यो फोनमा कनेक्टिभिटीका लागि फाइभजी सपोर्ट, वाई-फाई सिक्स ई, एनएफसी, ब्लुटुथ ५.२, यूएसबी टाइप सी आदि फिचर रहेका छन् ।

क्यामेराको विषयमा चर्चा गर्ने हो भने वनप्लस टेन प्रोको पछाडि भागमा तीन ओटा क्यामेरा रहेको सेटअप दिइएको छ । जसमा प्राइमरी क्यामेरा ४८ मेगापिक्सेलको रहेको छ ।

जब कि यसको सेकेन्डरी क्यामेरामा भने ५० मेगापिक्सेलको लेन्स र ८ मेगापिक्सेलको एउटा अर्को सेन्सर छ । यस बाहेक फोनमा सेल्फी तथा भिडिओ कलिङका लागि ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ । फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ ।

जसमा ८० वाटको सुपरबुक वायर्ड फास्ट चार्जिङ, ५० वाट एयरबुक वायरलेस चार्जिङ र रिभर्स चार्जिङको सपोर्ट रहेको छ । यस बाहेक फोन एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा काम गर्दछ ।

कति छ मूल्य ?

वनप्लस टेन प्रो स्मार्टफोन तीन ओटा भेरियन्टका साथ बजारमा आएको छ । यसको ८ जीबी र्‍याम तथा १२८ जीबी रोम भेरियन्टको मूल्य ४६९९ युआन (करिब ८७ हजार रुपैयाँ) रहेको छ ।

त्यस्तै ८ जीबी र्‍याम तथा २५६ स्टोरेज भेरियन्टको मूल्य ४९९९ युआन (करिब ९२ हजार ५०० रुपैयाँ) र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२९९ (करिब ९८ हजार रुपैयाँ) युआन राखिएको छ ।

यो फोन हरियो र कालो रङ्गको विकल्पमा उपलब्ध भएको छ । वनप्लस टेन प्रो नेपाली बजारमा कहिलेसम्म आउँछ भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२