काठमाडौं । एप्पलका उत्पादनलाई पुछ्न उपयोगी हुने भन्दै कम्पनीले केही अघि सार्वजनिक गरेको पुछ्ने टालोको पुनः बिक्री सुरु गरेको छ । १९ अमेरिकी डलर पर्ने यो टालो सार्वजनिक भए लगत्तै कम्पनीले आलोचनासहितको मिश्रित प्रतिक्रिया पाएको थियो ।
अक्टोबरमा एप्पलले यो पुछ्ने टालो सार्वजनिक गरेको थियो । यो बिक्री सुरु भए लगत्तै टालो एप्पलले आफ्नो अनलाइन स्टोरबाट हटाएको थियो । यसै सातादेखि कम्पनीको अनलाइन स्टोरमा उपलब्ध यो टालो अर्डर गर्नेहरूले शुक्रवारदेखि डेलिभरी पाउने एप्पलले जनाएको छ ।