close

२१ औँ वार्षिकोत्सवमा २१ स्थानमा रक्तदान गर्दै सुबिसु

टेकपाना टेकपाना

पुस २८, २०७८ १६:४६

२१ औँ वार्षिकोत्सवमा २१ स्थानमा रक्तदान गर्दै सुबिसु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सुबिसुले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसर पारेर देशभरका २१ स्थानमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सुबिसुको मुख्यालय रहेको काठमाडौंको बालुवाटारसहित धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौंडा, चपुर, बीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुरमा रक्तदान आयोजना हुने कम्पनीले जनाएको छ । 

यस्तै, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणगढ, चरिकोटमा पनि एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्ने सुबिसुले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२