close

भुक्तानी शुल्क घटाउँदा पनि ३८ प्रतिशतले बढ्यो क्लियरिङ हाउसको खुद नाफा

टेकपाना टेकपाना

पुस २८, २०७८ १९:३

भुक्तानी शुल्क घटाउँदा पनि ३८ प्रतिशतले बढ्यो क्लियरिङ हाउसको खुद नाफा

काठमाडौं । नेपाल क्लियरिङ हाउसको खुद नाफा ३८ प्रतिशतले बढेको छ । कारोबार शुल्क घटाएको भए पनि कारोबार सङ्ख्या बढ्दा कम्पनीको नाफामा वृद्धि भएको हो । 

कम्पनीले बुधवार आफ्नो दसौँ वार्षिक साधारण सभा आयोजना गर्दै कम्पनीको चुक्ता पुँजी ४१ करोड १० लाखबाट बढाएर ५६ करोड ७६ लाख पुर्याउने निर्णय गरेको छ । कम्पनीले आफ्नो अधिकृत पुँजी पनि एक अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । 

कम्पनीको बढेको खुद मुनाफालाई सेयरको रूपमा वितरण गरी चुक्ता पुँजी बढाउने निर्णय भएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार, थप प्रणालीको स्थापना, जोखिम व्यवस्थापन सुदृढीकरणका लागि पुँजी विस्तार गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

नेपाल राष्ट्र बैङ्कको १० प्रतिशत र बैङ्क तथा वित्तीय संस्थाहरूको ९० प्रतिशत स्वामित्व रहेको कम्पनीले एसीएचएल–ईसीसी, एनसीएचएल–आइएसपी र कनेक्ट आइपीएसलगायत भुक्तानी प्रणालीबाट गत आर्थिक वर्षमा कूल एक खर्ब ३० अर्ब ४३ करोड कारोबार गरेको थियो । गत आर्थिक वर्षमा ४ करोड ४८ लाख पटक कारोबार भएको तथ्याङ्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२