close

गुगल क्रोममा वेबसाइटले ब्राउजरमा स्टोर गरेको डेटा डिलिट गर्ने फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

पुस २९, २०७८ ९:३३

गुगल क्रोममा वेबसाइटले ब्राउजरमा स्टोर गरेको डेटा डिलिट गर्ने फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । गुगलले क्रोमको पछिल्लो अपडेटेड भर्सन क्रोम ९७ सार्वजनिक गरेको छ। यस अपग्रेडले  प्रयोगकर्ताहरूलाई वेबसाइटहरूले  ब्राउजरमा भण्डारण गर्ने डेटामा थप नियन्त्रण दिन्छ ।

क्रोम ९७ ले गोपनीयता र सुरक्षा सेटिङहरूमा केही महत्त्वपूर्ण परिवर्तन गरेको छ । प्रयोगकर्ताहरूले अब विभिन्न वेबसाइटले स्टोर गरेका डेटा डिलिट गर्न सक्छन् ।

पहिले, सबै वेबसाइटको कुकिज एकसाथ  मेटाउन सकिने अवस्था मात्र रहेको थियो । वेबसाइटले ब्राउजरमा स्टोर गरेको डेटा डिलिट गरेपछि तपाईँलाइ साइटबाट लग आउट गराइनेछ र लोकल रुपमा स्टोर भएका सबै डेटा डिलिट हुनेछन् ।

यसका लागि तपाईँसँग  क्रोमको पछिल्लो भर्सन क्रोम ९७  हुनु जरुरी छ । 

आफ्नो क्रोम भर्सन चेक गर्न पहिला क्रोम ब्राउजरमा जानुहोस् र माथि दायाँतर्फ देखाइएको तीन थोप्ला भएको बटनमा क्लिक गरेर हेल्प (Help) मा गएर अबाउट गुगल क्रोममा (About Google chrome) क्लिक गर्नुहोस् । त्यसमा तपाईँले आफ्नो क्रोम ब्राउजरको भर्सन जाँच गर्न सक्नुहुन्छ । अपडेट नभएका पिसी तथा ल्याप्टपमा आउने हप्ता अपडेट हुनेछ ।  

ब्राउजरमा स्टोर भएको वेबसाइटको डेटा डिलिट गर्नको लागि: 

गुगल क्रोम को सेटिङ्गमा जानुहोस्

सेक्योरिटी एण्ड प्राइभेसी छान्नुहोस् ।

साइट सेटिङ बाट भ्यु प्रमिसन एण्ड डेटा एक्रस साइट (View Permission and Data across sites) मा जानुहोस्।  

त्यसपछि आफूले डिलिट गर्न चाहेको वेबसाइट छान्नुहोस् अनि त्यसकै अघि रहेको फरवार्ड एरो (Arrow ) अर्थात् फरवार्ड बटन अघि रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।  

त्यसपछि क्लियर डेटामा क्लिक गरेर आफूले चाहेको वेबसाइटले ब्राउजरमा स्टोर गरेको डेटा डिलिट गर्नुहोस् ।  यदि कुनै निश्चित वेबसाइटले आफ्नो कुनकुन डेटा स्टोर गरेको छ भन्ने कुरा थाहा पाउन चाहनुहुन्छ भने वेबसाइटको नाम अघि रहेको डाउन एरो अर्थात तलतर्फ फर्किएको बटनमा गएर हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२