एप्पलले इन्ट्री लेवलको स्मार्टफोन आईफोन एक्सआर सार्वजनिक गर्दा बजारमा यो स्मार्टफोनले खासै राम्रो प्रतिक्रिया पाएको थिएन । मोबाइलमा पछिल्लो समय प्रयोगमा आएको चिप राखिएको भएतापनि फोनमा प्रयोग भएको क्यामेरा र न्युन स्तरको स्क्रिनका कारण यसले खासै प्रयोगकर्ताको ध्यान तान्ननसक्ने अनुमान गरिएको थियो ।
कम्पनीले यो फोनको बजार मूल्य सात सय ४९ अमेरिकी डलर तोकेको थियो । जुन, आइफोन एक्सएसको भन्दा २५ प्रतिशत कम हो । जब केही समय अघि आईफोन ११ बजारमा आयो तब त्यसलाई मिडरेन्जमा कम्पनीको आजसम्मकै सबैभन्दा उत्कृष्ट फोनको रुपमा हेरियो ।
तर, मूल्यले मात्रै प्रयोगकर्तालाई असर पार्दैन भन्ने कुरा देखिएको छ । अनुसन्धानकर्ता कम्पनी काउण्टरप्वाइन्टले सार्वजनकि गरेको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार आईफोन एक्सआर यो वर्ष विश्वकै सबैभन्दा बढी बिक्रि हुने स्मार्टफोन भएको छ ।
यसले अन्य उत्कृष्ट ह्याण्डसेट मोडल सामसङ एटेन, ओप्पो एनाइन, साओमी रेड्मि सेभेनए र हुवावे पीथर्टीलाई समेत पछि पारेको छ ।