close

नेपाल मात्र होइन भारतमा पनि छैन टेस्लाको उपस्थिति, के भन्छन् एलन मस्क ?

टेकपाना टेकपाना

पुस २९, २०७८ ११:१९

नेपाल मात्र होइन भारतमा पनि छैन टेस्लाको उपस्थिति, के भन्छन् एलन मस्क ?

काठमाडौं । टेस्ला विश्वभर आकर्षण रहेको विद्यूतीय कार निर्माता कम्पनी हो । तर टेस्लाका कारण नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकमा पाउन भने कठिन छ । किन भने कम्पनीको आधिकारिक उपस्थिति यी मुलुकमा छैन ।

एलन मस्क टेसला इंकका कार सन् २०१९ को सुरुवाती समयमै नेपालको छिमेकी भारतीय बजारमा बिक्री गर्न चाहन्थे । तर तीन वर्ष बितिसक्दा पनि अमेरिकी विद्युतीय कारको पायोनियरले त्यस दिशामा खासै प्रगति गर्न सकेको छैन ।

‘अहिले पनि सरकारसँग थुप्रै चुनौतीका साथ काम गरिरहेका छौँ,’ बिहीबार एउटा ट्वीटर पोस्टमा रिप्लाई लेख्दै उनले भनेका छन् । एक जना ट्वीटर प्रयोगकर्ताले दक्षिण एसियाली मुलुकमा टेस्ला सार्वजनिक हुने विषयमा कुनै अपडेट छ भन्दै प्रश्न राखेका थिए ।

टेस्लाका सीईओ मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासनबीच वर्षौँदेखि यस विषयमा कुराकानी हुँदै आएको छ ।  तर तर लोकल फ्याक्ट्री र करिब शतप्रतिशत भन्सार दस्तुरले गतिरोध सिर्जना गरेको छ ।

भारत सरकारले विद्युतीय सवारी निर्माता कम्पनीहरूलाई स्थानीय खरिद कार्यमा तीव्रता दिन र विस्तृत उत्पादन योजना उपलब्ध गराउन आग्रह गरेको छ । उता मस्कले कर घटाइदिएको खण्डमा टेस्लाले आयातित सवारीलाई सस्तो मूल्यमा बिक्री गर्न सक्ने माग राख्दै आएका छन् ।

गत अक्टोबरमा एक भारतीय मन्त्रीले चीनमा निर्मित कार आफ्नो देशमा बिक्री नगर्न र बरु भारतमै कार निर्माण गरी बिक्री र निर्यात गर्न टेस्लालाई आग्रह  गरेका  थिए । चीनसँग दाँज्न मिल्ने जनसङ्ख्या रहेको भारत विद्युतीय कार निर्माताका लागि आशाजनक बजार हो ।

तर त्यहाँका सडकमा सुजुकी र हुन्डाईले स्थानीय रुपमा -फ्रिल (अनावश्यक फिचर हटाएर तथा लक्जरीलाई कम गरेर सस्तो बनाइएको) गरी उत्पादन गरेका सस्ता कारको बाहुल्यता छ । यस्तोमा टेस्लाका सीईओ मस्क दक्षिण एसियाली बजारलाई लक्षित गरी भारतमा फ्याक्ट्री खोल्ने वा तेस्रो मुलुकमा निर्मित कार आयात गरी बिक्री गर्ने भन्ने दुविधामा देखिन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२