close

मिस कल दिएकै भरमा डिशहोम फाइबरनेट बुकिङ गर्न सकिने

टेकपाना टेकपाना

पुस २९, २०७८ १२:५२

मिस कल दिएकै भरमा डिशहोम फाइबरनेट बुकिङ गर्न सकिने

काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गएको डिशहोम फाइबर नेट मिसकल दिएकै भरमा बुकिङ गर्न सकिने भएको छ । कम्पनीले नयाँ ग्राहकको सहजताका लागि यो नयाँ सुविधा ल्याएको हो ।

कम्पनीका अनुसार डिशहोम फाइबरनेट जडान गर्न चाहने ग्राहकले ९८०२०८८९९९ मा मिसकल दिनुपर्नेछ । एक पटक मिसकल दिएपछि कम्पनीका ग्राहक प्रतिनिधिले कलब्याक गर्ने र बुकिङ टिपाउन सकिने बताइएको छ ।

त्यसपछि यदि तपाईँ डिशहोम फाइबर नेटको कभरेज क्षेत्रमा भएको खण्डमा कम्पनीका कर्मचारीले डिशहोम फाइबर नेट जडान गरिदिनेछन् । कम्पनीले डिशहोम टेलिभिजन लिएका ग्राहकलाई मासिक ५३१ रुपैयाँमै १० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

यो अफर डिशहोम डीटीएच सहित इन्टरनेट जडान गर्ने ग्राहकलाई समेत लागू हुने कम्पनीले  जनाएको छ । यस बाहेक आईपीटिभी सहित २५ एमबीपीएस इन्टरनेटका लागि मासिक ११५० रुपैयाँ र वार्षिक प्याकेजमा मासिक ९५८ रुपैयाँमै इन्टरनेट सेवा प्राप्त गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२