close

एक वर्षमा पाँच गुणाले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी

टेकपाना टेकपाना

पुस २९, २०७८ १६:२१

एक वर्षमा पाँच गुणाले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।

२०७७ मंसिर महिनामा क्यूआर कोड मार्फत कूल एक अर्ब २५ करोड ५५ लाख ७३ हजार रुपैयाँभन्दा बढीको भुक्तानी भएकोमा यस वर्षको मङ्सिरमा बढेर छ अर्ब २८ करोड  २२ लाख ७८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै अन्य डिजिटल भुक्तानी तर्फ मङ्सिरमा कनेक्ट आईपीएसमार्फत दुई खर्ब २८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै डिजिटल वालेटमार्फत १५ अर्ब ५२ करोड ७६ लाख, मोबाइल बैंकिङ मार्फत ८८ अर्ब ५३ करोड १४ लाख, र इन्टरनेट बैंकिङ मार्फत १२ अर्ब ७३ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी कार्डमार्फत ई-कमर्सको ३५ करोड चार लाख रुपैयाँ भुक्तानी अनलाइनमार्फत भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२