ट्रेन्डिङ:
एक वर्षमा पाँच गुणाले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी करिब १९ घण्टापछि प्ले स्टोरमा फर्कियो ईसेवा एपबाट पैसा कमाउनेमा टिकटक सबैभन्दा अघि सुरक्षित रुपमा यसरी सफा गर्नुहोस् आफ्नो ल्यापटप गुगल क्रोमले अब थोरै र्‍याम प्रयोग गर्ने, यस्ता छन् नयाँ फिचर दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका सरकारले सहजिकरण गरे टिकटका लागि लाइन लाग्नु नपर्ने व्यवस्था मिलाउन बससेवा तयार कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका फ्रि फायर नेपाल च्याम्पियनशिपको पुरस्कार राशि १० लाख रुपैयाँ नेपालकै पहिलो अनलाइन टु अफलाइन ईकमर्स सुरु गर्दै साथीमार्ट
close

एक वर्षमा पाँच गुणाले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी

टेकपाना टेकपाना

पुस २९, २०७८

एक वर्षमा पाँच गुणाले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।

२०७७ मंसिर महिनामा क्यूआर कोड मार्फत कूल एक अर्ब २५ करोड ५५ लाख ७३ हजार रुपैयाँभन्दा बढीको भुक्तानी भएकोमा यस वर्षको मङ्सिरमा बढेर छ अर्ब २८ करोड  २२ लाख ७८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै अन्य डिजिटल भुक्तानी तर्फ मङ्सिरमा कनेक्ट आईपीएसमार्फत दुई खर्ब २८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै डिजिटल वालेटमार्फत १५ अर्ब ५२ करोड ७६ लाख, मोबाइल बैंकिङ मार्फत ८८ अर्ब ५३ करोड १४ लाख, र इन्टरनेट बैंकिङ मार्फत १२ अर्ब ७३ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी कार्डमार्फत ई-कमर्सको ३५ करोड चार लाख रुपैयाँ भुक्तानी अनलाइनमार्फत भएको छ ।