ट्रेन्डिङ:
१९ वर्षीय ह्याकरले नियन्त्रणमा लिए टेस्लाका २० ओटा कार सिटिजन्स बैंकमा एटीएम कार्ड प्रयोग नगरी पैसा निकाल्ने सुविधा आउँदो महिनादेखि क्लब हाउस एप एन्ड्रोइडमा पनि ८ महिनाअघि महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध स्ट्याटस लेखेका व्यक्ति पक्राउ राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न १०० कर्मचारी माग, यसरी दिनुहोस् आवेदन देशभर ५० जिल्लामा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट, अहिलेसम्म एक अर्ब ६० करोड खर्च यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह साइबर अपराधीले यसरी दुरूपयोग गर्न सक्छन् तपाईँको ईमेल एड्रेस दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका
close

१९ वर्षीय ह्याकरले नियन्त्रणमा लिए टेस्लाका २० ओटा कार

टेकपाना टेकपाना

पुस २९, २०७८

१९ वर्षीय ह्याकरले नियन्त्रणमा लिए टेस्लाका २० ओटा कार

काठमाडौं । जर्मनीका १९ वर्षीय एक ह्याकरले टेस्लाका गाडीहरूमा पहुँच बनाएर नियन्त्रणमा लिएका छन् । ट्वीटरमा ट्वीट गर्दै डेभिड कोलोम्बो नाम गरेका ती युवाले १० ओटा देशमा भएका २० ओटा टेस्ला कारमा भेटिएको सफ्टवेयरको सुरक्षा कमजोरीको फाइदा लिँदै आफूले ती गाडीमा पहुँच बनाउन सफल भएको उल्लेख गरेका छन् ।

सवारीधनीहरूले प्रयोग गरेको थर्ड पार्टी एपहरूमा भएको सुरक्षा कमजोरीका कारण आफूले सफ्टवेयरबाटै ती कारहरू ह्याक गरी ढोका र झ्याल अनलक गर्न सफल भएको बताएका छन् । त्यसैगरी उनले केही गाडी चाबी बिना नै स्टार्ट गरेका थिए भने केहीको सेक्युरिटी सिस्टम नै डिसेबल गरिदिएका थिए ।

उनले गाडीमा भएको क्यामेरा मार्फत ड्राइभरमाथि निगरानी समेत राख्न सकेको कुरा बताएका छन् । डेलिमेलसँग कुरा गर्दै उनले भनेका छन्, ‘यो सुरक्षा कमजोरी टेस्ला कम्पनीको तर्फबाट भन्दा पनि सवारीधनीले प्रयोग गरेको थर्ड पार्टी एपबाट भेटिएको हो । ‘

यद्यपि आफूले ह्याक गरेका सवारीको विषयमा सवारी धनीलाई जानकारी दिन टेस्लाको टिम र सो थर्ड पार्टी एपको डेभलपसँग सम्पर्कमा रहेको उनले बताएका छन् । सुरक्षा कमजोरी गाडी र उक्त थर्ड पार्टी एपको प्रोग्रामलाई लिंक गर्ने सफ्टवेयरले प्रयोग गर्ने सवारीधनीको विवरणमा भएको उनको भनाई छ ।

यद्यपि उनले सो सफ्टवेयरको विषयमा भने कुनै जानकारी दिएका छैनन् । यो घटना अहिले ट्वीटरमा एउटा चर्चाको विषय बनेको छ । कसैले यसलाई पब्लिक स्टन्ट भनेका छन् भने कसैले मुद्दा जायज भएको बताएका छन् ।