close

दुई दशकदेखि विवादित स्मार्ट बन्दुक प्रयोगमा आउँदै

टेकपाना टेकपाना

पुस २९, २०७८ १९:१९

दुई दशकदेखि विवादित स्मार्ट बन्दुक प्रयोगमा आउँदै

काठमाडौं । विगत दुई दशकदेखि विवादमा रहेको ‘स्मार्ट गन’ अन्तत: अमेरिकी बजारमा उपलब्ध हुने भएको छ । विश्वसनीयता र सुरक्षाको हिसाबले विवादमा रहेको यो गनले अमेरिकामा भने अनुमति पाएको छ ।

पर्सनलाइज गर्न मिल्ने यो गन भेरिफाई भएका प्रयोगकर्ताले मात्रै प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ । स्मार्टगन्स एलएलसी नामक कम्पनीले उत्पादन गरेको यो बन्दुकको बेटा भर्सन आधिकारिक निकायबाट परीक्षण भइरहेको छ भने लोडस्टार कम्पनीले तयार गरेको स्मार्ट गन चाहिँ कम्पनीका लगानीकर्ता र सेयरधनीहरूले प्रयोगमा ल्याएको रोयटर्सले उल्लेख गरेको छ ।

यी दुवै कम्पनीहरूले यही वर्ष भित्र आफ्नो उत्पादन व्यावसायिक रुपमा बजारमा ल्याउने बताएका छन् । यस्तो प्रकारको बन्दुकले सुरक्षा प्रत्याभूत गराउने र अप्रत्याशित घटनाहरू कम हुने कम्पनीको विश्वास छ ।

यो गनको मूल्य करिब ८९५ डलर पर्ने अनुमान गरिएको छ । गनमा उपलब्ध सेटिङ प्रयोग गरेर गन प्रयोग गर्ने व्यक्तिले मात्र भेरिफाई गरेर यो गन प्रयोग गर्न सकिन्छ । यसको अर्थ यो गन सम्बन्धित व्यक्तिले मात्र प्रयोग गर्न सक्छन् । यद्यपि यसलाई व्यावसायिक मान्यता दिने विषयमा भने थप छलफल जारी नै छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२