close

बाहिरयो सामसङ ग्यालेक्सी एस २२ सार्वजनिक हुने मिति, फोनमा १ टीबी स्टोरेज रहने

टेकपाना टेकपाना

पुस २९, २०७८ २२:३१

बाहिरयो सामसङ ग्यालेक्सी एस २२ सार्वजनिक हुने मिति, फोनमा १ टीबी स्टोरेज रहने

काठमाडौं । सार्वजनिक हुनुभन्दा अगाडिदेखि बजारमा निकै नै चर्चामा रहेको फोन सामसङ ग्यालेक्सी एस २२ सार्वजनिक हुने मिति बाहिरिएको छ । दक्षिण कोरियाली सञ्चार माध्यम डिजिटल डेलीले सामसङ ग्यालेक्सी एस २२ को सार्वजनिक मिति बाहिर ल्याएको हो ।

डिजिटल डेलीले उल्लेख गरे अनुसार सामसङको अर्को ‘अनप्याक्ड इभेन्ट’ फेब्रुअरी ८ मा हुनेछ । जुन दिन ग्यालेक्सी एस २२ पनि सार्वजनिक गरिनेछ । फोनको प्रि-अर्डर भने फेब्रुअरी ९ बाट सुरु हुनेछ । त्यस्तै प्रयोगकर्ताको हातमा भने यो फोन फेब्रुअरी २४ देखि पुग्नेछ । 

पहिले नै बाहिरिएका विवरण अनुसार सामसङ ग्यालेक्सी एस २२ अल्ट्रामा एक टीबी स्टोरेज भेरियन्ट समेत हुनेछ । त्यस्तै फोनको डिस्प्ले ६.२ इन्चको हुने पनि अनुमान गरिएको छ । फोनमा क्वालकमको नयाँ स्न्यापड्रागन एट जेन वन चिप प्रयोग भएको छ ।

बजारकै चर्चालाई मान्ने हो भने यो फोन सेतो, कालो, गुलाबी रातो र हरियो रङमा उपलब्ध आउनेछ । त्यस्तै फोनमा ३,७०० एमएएचको ब्याट्री उपलब्ध हुने बताइएको छ, जब कि ग्यालेक्सी एस २१ मा ४००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२