close

कुन फोटो कसको हो ? यस्तो छ पत्ता लगाउने तरिका

टेकपाना टेकपाना

पुस ३०, २०७८ १०:५३

कुन फोटो कसको हो ? यस्तो छ पत्ता लगाउने तरिका

काठमाडाैं । गुगलले हालै आफ्नो क्रोम ब्राउजरमा समेत गुगल लेन्स थपेको छ। फोटोमा राइट क्लिक गर्दा “Search Google for image” विकल्पलाई रिस्टोर गर्ने यो एक निकै उपयोगी टुल हो ।

गुगल इमेजको साथ रिभर्स इमेज सर्च गर्नु भनेको इमेजको स्रोत पत्ता लगाउन र इन्टरनेटमा यसको अन्य उदाहरण फेला पार्ने उपयोगी तरिका हो । 

यदि तपाईंले अनलाइनमा अनक्रेडिटेड (क्रेडिट नदिएको) तस्वीर फेला पार्नुभयो भने, तपाईंले त्यो तस्वीर पहिलो पटक प्रकाशित भएको ठाउँमा क्रिएटर को हो भनी पत्ता लगाउन पनि सक्नुहुन्छ ।

यदि तपाईं फोटोग्राफर हुनुहुन्छ वा आफैं क्रिएटर हुनुहुन्छ भने, तपाईंको आफ्नै काममा रिभर्स इमेज सर्च गर्नाले इन्टरनेटमा त्यस इमेज देखापर्ने सबै ठाउँ फेला पार्न मद्दत गर्न सक्छ। अनाधिकृत प्रयोग (जस्तै कपिराइट उल्लङ्घन) गरिएको खण्डमा तपाईंले कारबाही समेत गराउन सक्नुहुन्छ ।  

गुगल लेन्समार्फत यसरी रिभर्स इमेज सर्च गर्नुहोस् 

गुगल लेन्स रिभर्स इमेज सर्च टुल नभएपनि यसले तपाईंलाई भिजुअल सामग्रीभित्र देखिएका चीजहरूको बारेमा धेरै कुरा पत्ता लगाउन सघाउँछ । गुगलले पूर्णरूपमा राइट क्लिक मार्फत रिभर्स सर्च गर्न सकिने सुविधा पूर्णरुपमा ल्याइसकेको छैन ।

तपाईं कन्टेन्टको इमेजमा राइट क्लिक गरेर search image with google lens गर्न सक्नुहुन्छ । त्यसपछि तपाईंलाई अर्को पेजमा लगिनेछ, जसमा गुगल लेन्सले ठ्याक्कै त्यही इमेज को सट्टा इमेजमा के समावेश छ त्यससँग मिल्दोजुल्दो रिजल्ट देखाउने छ ।  

तपाईं गुगल लेन्स सर्च रिजल्टको तल स्क्रोल गर्दै जानुभयो भने क्लासिक गुगल इमेजको रिभर्स इमेज सर्चमार्फत त्यही इमेज खोज्न सक्नुहुन्छ ।  

“Didn’t find what you were looking for?” “Retry with Google Images.” को छेउमा  Try it बटन देख्न सक्नुहुन्छ ।  

“Try it” बटन क्लिक गरेपछि तपाईंलाई पुराना गुगल इमेज परिणामहरूमा लगिनेछ, जुन इमेज रिभर्स इमेज सर्चका लागि सर्च गरिएको इमेजसँग ठ्याक्कै मिल्छ ।  

त्यसपछि “Find other sizes of this image” को तल All Sizes वा मध्ये कुनै एक लिंक छानेर सम्बन्धित इमेजको सबै इमेज हेर्न सक्नुहुन्छ ।  

 रिभर्स इमेज सर्च रिस्टोर गर्न गुगल लेन्स हटाउनुहोस् ।  

यदि तपाईं Google लेन्स अप्सनबाट पूर्णरूपमा छुटकारा पाउन चाहनुहुन्छ र  राइट क्लिकबाट “Search Google for image”  फिर्ता ल्याउन चाहनुहुन्छ भने क्रोम फ्ल्याग टगल अन र अफ गर्न सक्नुहुन्छ।  

पहिले, आफ्नो क्रोम सर्च बारमा chrome://flags/ सर्च गर्नुहोस् र इन्टर थिच्नुहोस्, त्यसपछि गुगल लेन्स इन्ट्रीमा तल स्क्रोल गर्नुहोस् । 

एकपटक तपाईंले परिवर्तन गरिसकेपछि, क्रोमले तपाईंलाई “अर्को पटक क्रोम पुन: लन्च गर्दा बल्ल परिवर्तनले काम गर्नेछ। जब क्रोम पुन: लन्च हुन्छ, तपाईंले आफ्नो दायाँ-क्लिक मेनुमा “Search for  Google image”अप्सन देख्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२