close

फुडमाण्डुमा ४६ करोड लगानी गर्दै डोल्मा इम्प्याक्ट फण्ड

टेकपाना टेकपाना

पुस ३०, २०७८ १२:२५

फुडमाण्डुमा ४६ करोड लगानी गर्दै डोल्मा इम्प्याक्ट फण्ड

काठमाडौं । घरघरमा खाना पुर्‍याउने देशकै सबैभन्दा ठूलो ‘फुड डेलिभरी’ कम्पनी फुडमाण्डुमा डोल्मा इम्प्याक्ट फन्डले लगानी गर्ने भएको छ । दुई कम्पनीबीच हालैमात्र लगानीको सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार फन्डले फुडमान्डुमा करिब ४६ करोड अर्थात ४० लाख अमेरिकी डलर लगानी गर्नेछ । यद्यपि लगानीको सम्बन्धमा फन्डबाट अन्तिम निर्णय हुन भने बाकी नै छ । डोल्मा इम्प्याक्ट फन्डले उदाउँदा उद्यमी तथा कम्पनीहरूमा लगानी गर्दै आएको छ ।

यसअघि ई-कमर्स कम्पनी सस्तो डिलमा करिब १ अर्ब लगानी गर्ने घोषणा फन्डले गरिसकेको छ । फुडमान्डुमा नेपालमा अहिले स्थापित कम्पनी बनिसकेको छ । देशका प्रमुख सहरहरूमा यसको सेवा विस्तार भैरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२