माघ २ देखि अनलाइबाट मात्रै श्रम स्वीकृति

foreign employment online payment in Nepal

काठमाडौं । सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीका लागि आवश्यक श्रम स्वीकृतिको सम्पूर्ण काम अब अनालाइनबाट मात्र हुने भएको छ ।

सेवाग्राहीले माघ २ गतेबाट श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण काम अनलाइनबाट पाउने वैदेशिक रोजगारी कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले बताए ।

‘प्रविधिको प्रयोग गरेर सेवाग्राहीलाई पनि सहज हुने र हामीलाई डेटा संकलन लगायतका कामका लागि सहज हुने हिसाबले श्रम स्वीकृति सम्बन्धी सबै काम पुनः अनलाइनमार्फत गर्न लागेका हौं,’ उनले भने, ‘यसले भिडभाड कम हुने र सेवाग्राहीलाई पनि सहज हुने विश्वास लिएका छौं ।’

पहिलेको भन्दा अहिले सफ्टवेयरमा पनि धेरै सुधार आइसकेका कारण नयाँ श्रम स्वीकृति लिने तथा नवीकरण गर्ने काम थप सहज हुने उनले दाबी गरे ।

विश्वको कुनै पनि स्थानबाट श्रम स्वीकृति नवीकरणका लागि अनलाइन मार्फत आवेदन दिन सकिने र कागजात अनलाइनबाटै लिन सकिने उनले बताए ।

‘यसका लागि अफिस नै आइरहनुपर्ने बाध्यता हटेको छ भने विदेशमा रहेका श्रमिकले पनि श्रम स्वीकृति कै लागि भनेर देशमा आइरहनु पर्ने बाध्यता हटेको छ,’ उनले भने ।

हाललाई परीक्षणका रुपमा यो काम अगाडि सारिएको र यसको परिणाम हेरेर थप आवश्यक सुधार गरी अनलाइन सेवा सधैंका लागि प्रदान गर्न लागिएको उनको भनाइ छ । यद्यपि बायोमेट्रिकका लागि भने कार्यलयमा नै जानुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team